नलगाडले नयाँ भवनसँगै आफै भर्ना गर्र्यो एमडी डाक्टर


जाजरकोट , भौतिक संरचनाको अभाव भोगिरहेको नलगाड नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीले नयाँ भवन निर्माणसँगै नयाँ चिकित्सक पाएको छ । संघीय सरकारको अनुदानमा भवन निर्माण कार्य सम्पन्न गरेसँगै नगरपालिकाले आफ्नै खर्चमा एमडी चिकित्सक भर्ना गरेको हो ।

नगरपालिकाको एक मात्र स्वास्थ्य केन्द्रमा लामो समय देखि चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भोग्दै आएको थियो । सामान्य उपचार गर्न समेत सदरमुकाम लगायत देशका अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । नयाँ एम डि करारमा चिकित्सक भर्ना गरेसँगै सेवा प्रवाहमा सहजता आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रशान्त शर्माले जानकारी दिनुभयो ।

अहिले नगरमा पाईन सक्ने सेवा हैसियतले भ्याएसम्म दिएको र जनताको गुनासो समेत कम भएको यहाँको भनाई छ । पोष्ट पाटम गर्दा सदरमुकामबाट चिकित्सक बोलाएर वो लासलाई सदरमुकाम बोकेर लिई पोष्ट मार्टम गर्नुपर्ने तितो यथार्थ अव हटेको शर्माले दावी गर्नुभयो ।

कोरोना भाईरस (कोभिड –१९) महामारी विरुद्ध लडिरहेको नगरपालिका भित्र एक जना पनि चिकित्सक नहुँदा स्वास्थ्यकर्मीलाई काम गर्न समस्या भएपछि नगरपालिकाले भर्खरै मात्र डा. आरके मण्डललाई नियुक्ती गरेको हो ।

डाक्टर नियुक्ती सँगै प्राथमिक स्वास्थ्य केन्द्र दल्लीबाट सामान्य शल्यक्रिया, भिडियो एक्सरे, आईसकम्प्रेसर, भ्याक्सोटोमी लगाएतका विभिन्न स्वास्थ्य सेवा सञ्चालनमा आएको छ । महिलाहरुको पाठेघर खस्ने (आङ्गखस्ने), सेतोपानी बग्ने लगाएतका सेवा समेत सञ्चालनमा आएको डा मण्डलको भनाई छ ।

स्वास्थ्य सेवामा सवै नागरिकको पहुँच पुर्याउन डाक्टर नियुक्ती गरिएको नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले बताउनुभयो । उहाँले कोरोना महामारी विरुद्ध लड्नको लागि पुर्व तयारी स्वरुप नगरकार्यपालिकाले डाक्टर भर्ना गर्ने निर्णय गरे अनुरुप डा मण्डललाई नियुक्ती गरिएको बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र दल्लीमा कार्यरत दरबन्दीका डाक्टर सञ्जय यादव एक बर्ष देखि अध्ययन विदामा छन् ।

उनी अध्ययन विदामा एमडी अध्ययनका लागि गएपछि स्वास्थ्य केन्द्र डाक्टर विहिन छ । नगरप्रमुख रावलले भन्नुभयोे , “जल्ला अस्पतालमा कार्यरत छात्रबृत्तिका डाक्टरलाई ल्याउने धेरै कोशिस गर्यौ । अन्य डाक्टर पठाईदिन मन्त्रालय सम्म हारगुहार गर्यौ । केही जोड नचलेपछि मासिक एक लाख २० हजार तलबभत्ता दिने गरि डाक्टर नियुक्त गरेका हौ ।”

डाक्टर नियुक्ती सँगै विरामीको चाप बढ्न थालेको नलगाड नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र सिंहले बताउनुभयो । कोरोना भाइरस (कोभिड–१९) विश्वमहामारीको सन्त्रास फैलिएको वेला डाक्टर नियुक्तीले नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत एचए, सिएमए, अनमी लगाएतका स्वास्थ्यकर्मीहरुको मनोबल बढेको उहाँको भनाई छ ।

त्यस्तै लामो समय देखि भवनको अभावमा समस्य भोगिरहेको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीले नयाँ भवन पनि पाएको छ । संघीय सरकारको अनुदानमा दल्लीको स्वास्थ्य भवन निर्माण भएको नगरप्रमुख रावलले जानकारी दिनुभयो ।





error: Content is protected !!