लक डाउनले यार्सासँगै जडीबुटी संरक्षणको नयाँ अवसर
हेमन्त केसी
विपत व्यवस्थापन समिति डोल्पाले यार्सागुम्वा संकलन कार्यमा रोक लगाउने निर्णय गरेसँगै सो निर्णय सवैले निकायले सदर गदै गएका छन् । शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज , डिभिजन वन कार्यालय र सामुदायिक वन समुहले पनि विपत व्यवस्थापन समितिको निर्णयलाई पछ्याउदै बन्द गर्ने निर्णय सदर गरिएको छ ।
वर्षेनी यार्सागुम्वा संकलन गरेर आम्दानी गर्ने ठुलो सर्वसाधारणको कमाई यो पटक समस्यमा परेपनि प्रकृतिक रुपमा भने यसले फाईदा गरेको विज्ञको तर्क छ । संरक्षण र व्यवस्थापनको अभावमा बुहुमूल्य जडीबुटी यार्सागुम्वा (जीवन बुटी) लोप हुँदै गएको विगत १० वर्षको तथ्यांकबाट समेत आकलन गर्न सकिन्छ । । अव्यवस्थित सङ्कलन, जलवायु परिवर्तन र अबैध रुपमा निकासी गर्ने क्रम समेत बढेकाले यार्सागुम्बा लोप हुँदै गएको हो । यो पटक कोरोना भाईरसको त्रासका कारण हिमाली जिल्ला डोल्पा , मुगुमा समेत यार्सागुम्वा संकलनमा रोक लगाएको छ । बाच्न र बचाउनका लागि यार्सागुम्वा संकलनमा रोक लगाएपनि यहाँका हिमाली पाटनमा हुर्किदै गरेका यार्सागुम्वा र जडीवुटीलाई भने संरक्षणका लागि प्रकृतिले नै मौका दिएको छ ।
स्थानीय जनताले जथाभावी यार्सा टिप्ने, बीउ पनि नराख्ने र फोहर गर्ने भएकाले यार्सा उत्पादनमा समस्या परेको उहाँको जानकारीहरुको भनाई छ ।
हिमाली क्षेत्रमा स्थानीय जनताका लागि यार्सागुम्बा जीवन धान्ने आधार हुँदै आएको छ । उनीहरुको मुख्य आम्दानीको श्रोत नै यार्सा र जडीबुटी हो । पहिले भन्दा आधा यार्सा घटेको अनुभव रहेको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जका छत्र खड्काले बताउनुभयो ।
डोल्पाका पत्रकार विष्णुलाल बुढा भन्नुहुन्छ ,संरक्षण र बजारीकरणको महत्वपूर्ण आधार मात्र होईन , यार्सागम्वा संरक्षणका लागि यहाँ विशेष अभियान चलाउनु पर्ने हुन्छ , त्यो भएको छैन । ”
नेपालका २५ जिल्लामा यार्सागुम्बा पाइन्छ । नेपालसहित भारत चीन, भुटान र तिब्बतमा यार्सा पाइन्छ । नेपालको डोल्पा, रुकुम, दार्चुला, हुम्ला, जुम्ला, मनाङ, मुस्ताङ, लगायत क्षेत्रमा बढी पाइन्छ । ती मध्ये डोल्पा र रुकुमको पुपाल क्षेत्रको यार्सालाई व्यापारीहरुले मन पराउने गरेका छन् । यहाँको यार्सा बढी मूल्यमा समेत बिक्ने गरेको छ । एक तथ्यांकले यार्सा जस्तै च्याउ विश्वमा ६८० प्रजातिका छन् । नेपालमा ११ प्रजातिका पाइन्छ । शक्तिबद्र्धक, रोग प्रतिरोधात्मक, चिकित्सा क्षेत्रमा समेत प्रयोग हुने भएकाले यसको माग बढ्दो छ । विशेषगरी चीनमा नेपालका यार्सा निर्यात हुँदै आएको छ ।
यस्तो महत्वपूर्ण हुँदाहुँदै पनि यसको उचित संरक्षण हुन सकेको छैन । पहिले पाटनमा हरुमा सिमित मान्छेहरु टिप्न आउने , प्रकृतीमा समेत खासै समस्य पदैनथ्यो । पछिल्लो समय पाटन क्षेत्रमा मानवीय चाप बढेको र उचित संरक्षण हुन नसकेकाले अहिले सो क्षेत्रमा यार्सा पूर्णतः नष्ट भएको छ । यार्सा चार हजार ५०० मिटरदेखि पाँचहजार ५०० सय मिटरको उचाइमा यार्सा पाइन्छ ।
अन्य जिल्लामा आफ्नै जिल्लाका स्थानीय जनतालाई यार्सा टिप्ने अनुमति दिने गरिएको छ । तर डोल्पामा जुनसुकै जिल्लाबाट आएकाहरुले समेत यार्सा संकलन गर्ने अनुमति पाउँछन् । त्यसैले पनि लापरबाही भएको अनुमान संकलनकर्ताहरुको छ ।
डिभिजन कार्यालय डोल्पाका प्रमुख जीतेन्द्र महतका अनुसार ‘कुन यार्सा टिप्न हुने, कुन नहुने भन्ने जानकारी नै छैन । जानकारीको अभावमा बीउ हुने यार्सा समेत निकासी हुने गर्छ, यसैले यार्सा घट्दो अवस्थामा रहेको छ । यार्सागुम्वा संकलन तथा बिक्रीवितरण सम्वन्धी कायविधी, २०७३ स्वीकृत भई कार्यान्वयनमा आएको भएपनि डोल्पामा यसको जानकारी छैन ।
के हो यार्सागुम्वा
यार्सागुम्बु हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडिवुटी हो । विश्वमा हालसम्म ऋयचमथअभउक वर्गमा पर्ने ढुसीहरू ( Caterpillar Fungus ) का ६८० भन्दा बढी प्रजातीहरू पत्ता लागेका छन् । यी मध्ये सबैभन्दा परिचित ढुसी यार्सागुम्बुलाई अंग्रेजीमा Caterpillar Fungus भनिन्छ । यसको वैज्ञानिक नाम Cordyceps Sinessis हो । ल्याटिन शब्दहरू Cordb “club”, Ceps “head चिनियाँ भन्ने अर्थमा saneness बाट यसको बैज्ञानिक नाम Ophiocordyceps Sinensis राखिएको छ । यो समुन्द्र सतहबाट ३ हजार मिटर देखि ६ हजार मिटर सम्मको उचाईमा पाइन्छ । यार्सागुम्बु शब्द तिब्बती भाषाको यार्साकुन्भु शब्दबाट अपभ्रंश भएर व्युत्पन्न भएको शब्द हो । जसमा ‘यार’ को अर्थ वर्षा, ‘सा’ को अर्थ घाँस र ‘कुन्भु’ को अर्थ हिउँदे किरा अर्थात् वर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ । एक वर्षमा ६ महिना किरा र ६ महिना बुटिका रूपमा जीवीत रहनु यार्सागुम्बको एउटा बिशिष्ट बिशेषता हो ।
यसलाई नेपालका विभिन्न भू–भागहरूमा फरक फरक नामले चिनिन्छ । स्थानीय बिशेषता अनुसार यसलाई यार्सागुम्बा, यार्चागुन्बु, यार्सागुम्बु, जीवन बुटी, किरा, च्याउ, झार, अर्मो जस्ता विभिन्न नामले चिनिन्छ । स्थानीय भाषामा प्रयोग हुने जीवन बुटी शब्दले पनि जीव र बुटी दुबै अस्तित्वमा रहने भन्ने बुझिन्छ । यार्सागुम्बु विभिन्न आकार र रङ्गहरूमा पाइन्छ । सफा गरेर सुकाइएको, सुन रङ्गको, ठुलो, कडा खालको, धेरै तौल हुने यार्सागुम्बालाई उच्च गुणस्तरको र नसुकेको, भाँच्चिएको, कालो रङ्गको, नरम खालको, कम तौलको र सफा नगरिएको यार्सागुम्बुलाई कम गुणस्तरको मानिन्छ ।
तिब्बती पठार र हिमालय हिम श्रङ्खलाको दक्षिणी क्षेत्रका केही निश्चित भू–भागमा पाइने यार्सागुम्ब नेपाल, चीन, भारत, भुटानका उच्च हिमाली भेगहरूमा मात्र पाइन्छ । यो जडिबुटी नेपालका बिशेष गरी दार्चुला, बझाङ्ग, बाजुरा, डोटी, जुम्ला, मुगु, हुम्ला, डोल्पा, कालिकोट, मनाङ्ग, मुस्ताङ्ग, म्याग्दी, गोरखा, रसुवा, रूकुम, सिन्धुपाल्चोक, दोलखा, संखुवासभा, ताप्लेजुङ्ग आदि जिल्लाहरूमा पाइन्छ । तर सबैभन्दा धेरै र गुणस्तरीय यार्सागुम्बु डोल्पा र रूकुमको सिमा क्षेत्रको बुकि पाटनहरूमा पाइन्छ ।
यार्सागुम्वाको जीवनचक्र
यार्सागुम्बु एक प्रकारको झुसिलकिराको टाउकोबाट ढुसी उम्रिएर बन्दछ । हिमाली भेगमा हिउँद सकिएर हिउँ पग्लन्छ र स–साना बिरूवा तथा घाँसहरू उम्रिएर फूल फूल्न सुरू गर्छन् । ठिक त्यही समयमा नै त्यहाँ पाईने कालो रंगको पुतलीहरूले फूल पार्न थाल्छन । सोहि पुतलीको लार्भा अवस्थामा रहेको झुसिलकिरामा ढुसीको वीज यार्सागुम्बु शब्द तिब्बती भाषाको यार्साकुन्भु शब्दबाट अपभ्रंश भएर व्युत्पन्न भएको शब्द हो ।
जसमा ‘यार’ को अर्थ वर्षा, ‘सा’ को अर्थ घाँस र ‘कुन्भु’ को अर्थ हिउँदे किरा अर्थात् वर्षामा घाँस र हिउँदमा किरा भन्ने बुझिन्छ । द्द प¥यो भने त्यो इन्फेक्सन हुन्छ । सोहि झुसिलकिरा जमीन मुनि पुगी त्यसैको टाउकोमा ढुसी उम्रन्छ । यसको जमीन माथिको ढुसी च्याउ खैरो रंगको र जमीन मुनिको भाग पहेलो रंगको हुन्छ ।
जमीन मुनिको भाग ४ मि.मि. तथा माथिको भाग मसिनो ४ से.मी. सम्म लामो हुन्छ भने करिब ५–६ से.मि. मोटो हुन्छ । यार्सागुम्बु उम्रन ०.५ देखि १ मि. हिमपात, ३५० मिमि भन्दा कम बर्षा तथा माटोको उचाई ७ देखि ७.५ वीच हुन् आवश्यक छ । पुसमा –५० डिग्री सेल्सियस भन्दा कम, माघको न्यूनतम तापक्रम –१० डिग्री सेल्सियस र फाल्गुनको अधिकतम तापक्रम १०–२० डिग्री सेल्सियस रहेको वातावरण यार्सागुम्बा उम्रन तथा फस्टाउन अनुकूल र उत्कृष्ट मानिन्छ । सामान्य भिरालो जमिन, बलौटे माटो, न्यून मात्रामा जैविक संचय, पानी नजम्ने, आद्रतायुक्त माटो, उपयुक्त वर्षा, उपयुक्त जैविक विविधता, सिमीत हिमपात, न्यून तापक्रम भएको चरन भूमि यार्सागुम्बुको लागि उपयुक्त मानिन्छ ।
यार्सागुम्वाको उपल्ब्धता, गुणस्तर, आकार रङ्गमा त्यस क्षेत्रको उचाई, मौसम, जैविक विविधता, भू–धरातलको अवस्था, माटोको गुणस्तर, बाहिरी हस्तक्षेप, अन्य वनस्पति, घाँसको प्रकृति, चरणको प्रभाव, प्राकृतिक र मानव निर्मित प्रकोपहरू आदिले प्रभाव पार्दछ । यार्सागुम्बा उत्पादनको समय मङ्सिर, पुस, माघ, फाल्गुन, चैत र वैशाखमा हुने वर्षा र हिमपातमा निर्भर रहन्छ । वर्षाले बसन्त ऋतुको सुरूमा नै हिउँ पगालेमा वैशाख तिर यार्सागुम्बुको टुसाहरू देखा पर्न थाल्दछन् । वैशाख पन्ध्र तिर छिटपुट वर्षा र चिसो मौषम भएमा यार्सागुम्बुले उम्रने तथा फस्टाउने राम्रो अवसर पाउँदछ ।
प्राचीन चिनिया चिकित्सा प्रणालीमा यार्सागुम्बा लाई शरीरको प्राणलाई सुचारू गर्ने, प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने, तागत बढाउने, शरीरका विभिन्न अंगहरू जस्तै मुटु, कलेजो, मृर्गौला, रक्त प्रणाली, स्वास प्रणालीको कार्य क्षमता बढाउने, यौन क्षमता बढाउने सर्वगुण सम्पन्न टनिकको रूपमा लिइन्छ ।
नेपालमा सन् १९८८ तिरबाट यार्सागुम्बा संकलन सुरू भएको बताइन्छ । खासगरी सन् २००१ मा सरकारले यार्सागुम्बाको संकलन, बजार प्रवर्धन, वितरण, ढुवानी र निर्यातलाई कानुनी मान्यता प्रदान गरेको थियो । हाल स्थानीय निकायको स्विकृतिमा संकलन तथा वन विभागको स्विकृतिमा निर्यात गर्न पाउने प्राबधान छ ।
नेपाल सरकारले यार्सागुम्बाको संरक्षण सम्बद्र्धन तथा दीर्घकालिन व्यवस्थापनको लागि निर्देशिका प्रचलित कानुन तयार गरेको छ । यसले यार्सागुम्बाको संकलन र व्यवस्थापन सम्वन्धि समस्या तथा सम्वन्धित विषयलाई संवोधन गर्ने, प्राचीन चिनिया चिकित्सा प्रणालीमा यार्सागुम्बा लाई शरीरको प्राणलाई सुचारू गर्ने, प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने, तागत बढाउने, शरीरका विभिन्न अंगहरू जस्तै मुटु, कलेजो, मिर्गौला, रक्त प्रणाली, स्वास प्रणालीको कार्य क्षमता बढाउने, यौन क्षमता बढाउने सर्वगुण सम्पन्न रूपमा लिइन्छ ।
यार्सागुम्बुको प्राकृतिक बासस्थान विशेष जैविक विविधता मात्र नभई संबेदनशिलता भएको उच्च हिमाली क्षेत्रमा पर्ने भएकोले दीर्घकालीन रूपमा पर्न सक्ने असर तर्फ ध्यान दिईएको छैन । अर्को चुनौती यार्सागुम्बको बासस्थान भौगोलिक रूपले विकट भएकाले राज्यको उपस्थिती प्रभावकारी बन्न सकेको छैन । सामाजिक संघ संस्थाहरूले पनि यस क्षेत्रमा काम गर्न भौगोलिक कठिनाईको सामना गर्न हिचकिचाउने अवस्था छ ।
यदि सुरक्षा अवस्था मजबुत भएको खण्डमा यार्सागुम्बको संरक्षणमा जुटे का सामाजिक संघ संस्थाहरू लाई उत्प्रेरणा जाग्ने देखिन्छ । स्थानीयबासिन्दाले सरकारको उपस्थिति राजस्व संकलन र अवैध कारोवारको नियन्त्रणमा मात्र देखिने गरेको आरोप लगाउँछन् । बर्षेनी संकलन हुने यार्सागुम्बा परिमाण, तथ्यहरूको बारेमा जानकारी दिने तथा संरक्षणका उपयुक्त विधिहरू पहिल्याउने कार्यमा सरोकारवाला निकायहरूको ध्यान जान जरूरी भएको छ ।
यार्सागुम्बाको संरक्षण तथा प्रवद्र्धन सम्वन्धि आवश्यक जानकारीको अभावका कारण त्यस विषयमा कार्यरत स्थानीय तथा केन्द्रीय निकाय बीच यार्सागुम्बुको संरक्षण तथा बजार प्रवद्र्धनका विषयमा अन्यौलताहरू देखा परेका छन् । स्थानीय समुदाय, सरकारी निकाय तथा गैरसरकारी संघ संस्थाहरूवीच समन्वयको अभाव हुँदा लागु भएका नीति तथा कार्यक्रमहरू प्रभावकारी बन्न सकेका छैनन् ।
सरकारी निकायको उचित दिशानिर्देशको अभाव र भौगोलिक विकटताको कारण गैर सरकारी संघ संस्थाहरू यस क्षेत्रमा काम गर्न तत्पर नभएको देखिन्छ ।