छोराछोरीले कहिले आउनुहुन्छ भन्दा मन भकानिएर आउँछ ?

नन्दा शाही

जाजरकोट , चार महिना अघि नेपालगन्जमा घरेलु कपडा सिलाई बुनाई तालिममा गएकी बारेकोट गाउँपालिका –१ की भद्रकला बोहरा बन्दाबन्दीका कारण होटलमा बस्न बाध्य हुनुभएको छ ।

घर आउने चहाना भएपनि नेपालगन्जबाट जाजरकोट बारेकोट हिडेर आउने अवस्था नभएपछि उहाँ दैनिक छोरा, छोरीसँग फोनमा कुरा गदै दिन कटाईरहेको पीडा सुनाउनुहुन्छ । बोहरालाई कसैले उद्धार गरेर बारेकोट पुर्याईदिन्छ कि भन्ने आशा भने मरेको छैन । उहाँ भन्नुहुन्छ , “ घरमा बुढा  आमा, बाबा  हुनुहुन्छ , १२ वर्षको छोरा र १४ वर्षकी छोरी छिन् । दैनिक कहिले आउनुहुन्छ आमा भनेर फोन गर्छन तर म बन्दमा परेको छु भनेर सम्झाउछु । ”

बारेकोट सिनाकोटमा लक डाउनको खासै प्रभाव नभएका कारण छोरा, छोरीले यो कुरा सजिलै पत्याउने अवस्था भने छैन । भद्रकला सँगै बारेकोटका मजदुरी गर्न भारत गएका देखि काठमाडौँबाट आएर अलपत्र परेका ७६ जनाको संख्यमा त्यहाँ सर्वसाधारणहरु रहेका छन् । कहिले होटलमा खाना खान्छन् भने कहिले भोकै बस्नुपर्ने अवस्था रहेको अर्का पीडित सुरेन्द्र बोहराले जानकारी दिनुभयो । नेपालगन्जमा काम गर्दा , गदै लक डाउनमा परेका बस्नेतले काम गरेर कमाएको सवै रकम खाएर सकिएको बताउनुभयो । चिच्याउने हो भने सुन्ने कोही छैन , मुटु भकानिएर आउछ के गर्नु , हिडेर जान सक्ने अवस्था छैन उहाँले पीडा सुनाउनुभयो ।

त्यस्तै काठमाडौबाट आएर नेपालगन्जमै लक डाउनका कारण रोकिएका नन्दलाल बस्नेत होटलमा खादा सवै रकम सकिएको बताउनुभयो । नेपालगन्जको स्थानीय सरकार देखि प्रशासनले समेत केही नहेरेको उनीहरुको गुनासो छ । त्यस्तै डोल्पाका २० जना भन्दा बढी सर्वसाधारणहरु नेपालगन्जमै अलपत्र परेको बताएका छन् ।

खोजीमा पैसा छैन , होटलमा उद्यारो खाना कसैले दिदैन्न अलपत्र परेका डोल्पालीहरु बताउँछन् । हिजो भोट माग्दा जहाँ भएपनि भोटका निम्ति उद्धार गर्ने राजनीतिक दललाई उनीहरु भन्छन् , अव चुनाव त आउन देउ ? हामी हिसाव , किताव चुक्ता गछौँ । गाउँ , घरमा खेतीवाली लगाउने समय भईसकेको भन्दै अधिकांश लक डाउनमा परेका सर्वसाधारणहरु चिन्ता व्यक्त गर्दछन् । बैशाखको पहिलो हप्ता देखि नै गहुँ , तरकारी , भित्र्याउने देखि मकै रोप्ने सम्माका कामहरु गाउँमा व्यापक रुपमा भईरहेको उनीहरुको भनाई छ ।

अहिले समयमै मकै रोप्ने होइन , भने बर्षेबाली विग्रने समस्य हुन्छ अनि अर्को वर्ष फेरी के खाने भन्ने समस्यले सताउने गरेको पीडा लक डाउनमा परेकाहरुको छ । उत्ता बारेकोट गाउँपालिकाले आफ्ना नागरिकहरु अलपत्र परेको भन्दै नेपालगन्ज उप महानगरपालिकालाई चिठी लेख्दै सवैलाई राहत सामग्री दिन अनुरोध गरिएको छ ।

बारेकोट गाउँपालिकाले लेखेको पत्रमा उल्लेख गरिएको छ , “ आवश्यक प्रमाणपत्र नपुगेका सर्वसाधारणलाई पनि यसै पत्रमा उल्लेख भएको नामवालीका आधारमा राहत उपलव्ध गराउन अनुरोध छ । ” त्यस्तै दैलेख घर भएका २० भन्दा बढी सर्वसाधारणहरु रुकुम पश्चिमको सानीभेरी नगरपालिकामा पुगेका छन् । उनीहरु जाजरकोट हुँदै दैलेख जान चाहेको टेलिफोन मार्फत जानकारी गराएका छन् । उनीहरुले स्थानीय सरकारसँग घर जानका लागि यातायातको व्यवस्था गरीदिन समेत आग्रह गरेका छन् ।





error: Content is protected !!