कम्पनीले चामलमा १० प्रतिशत सहुलिएत दिएपछि विक्री दर बढ्यो

नन्दा शाही
जाजरकोट ः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटडले अनुदानको चामलमा दश प्रतिशत मुल्य घटाएर सहुलियत दिएपछि विक्री दर बढेको छ ।

बजारमा पाईने खाद्यान्न सजिलै पाईन छाडेपछि कम्पनीले “लक डाउन”को समयमा सर्वसाधारणलाई १० प्रतिशत सहुलियतमा छुट दिएसँगै विक्री दर बढेको जाजरकोट र डोल्पाका कम्पनीक प्रमुखले बताएका छन् । अरुवा मोटो चामलको पहिलेको मुल्य प्रतिक्वीन्टल रु ४ हजार ४ सय रहेकोमा अहिले रु ३ हजार ९ सय ६० रुपैयाँ भएको छ ।

अरुवा मध्यम चामल भर्खरै बजारमा आएको चामलको मुल्य रु ५ हजार १ सय , पुरानो चामलको मूल्य ४ हजार ५ सय रहेकोमा अहिले पुरानाको मुल्य घटेर रु ४ हजार ५० , नयाँको रु ४ हजार ५ सय ९० भएको जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै जापानिज चामलको पहिलेको मुल्य रु ४हजार २ सय रहेकोमा अहिले घटेर रु ३ हजार ७ सय भएको छ । जिरा मसिना चामलको मुल्य रु ५ हजार ३ सय ५० बाट घटेर रु ४ हजार ८ सय १५ भएको छ । सदरमुकाम स्थित कम्पनीको कार्यालयबाट यो दरमा खाद्यान्न विक्री भएपनि दुर्गम ठाउँमा रहेका डिपोमा ठाउँ अनुसार मुल्य फरक रहेको उहाँको भनाई छ ।

बारेकोट गाउँपालिकाको घाट डिपोमा खाद्य अभाव भएको  समाचार प्रकाशित भएपछि तत्काल सो ठाउँमा ३३० क्वीन्टल चामल पठाएको छ । अझै १ हजार क्वीन्टल चामल पठाउने तयारी भईरहेको प्रमुख बस्नेतले जानकारी दिनुभयो ।
त्यस्तै छिमेकी जिल्ला डोल्पामा पनि मुल्य घटेसँगै कम्पनीको चामल विक्रीदर अत्यधिक बढेको पाईएको छ । कम्पनीका डोल्पा प्रमुख कमलराज पाण्डेले दिएको जानकारी अनुसार सडक सञ्जासँग भर्खरै जोडिएको डोल्पामा वजारमा खाद्यान्न पाउन मुस्किल भएपछि कम्पनीको चामल लिनेको भारी भिड हुँने गरेको हो ।

“लक डाउन” सँगै बजार बन्द छन् , महंगी उत्तिकै बढेको छ ठुलिभेरी नगरपालिका –११ का स्थानीयवासी हर्क कार्की भन्नुभयो ,“ खाद्यमा आएर चामल लिएर गाउँमा खाने काम भएको छ , पहिलेको भन्दा सस्तो पनि रहेछ । खुसी लाग्यो । ” डोल्पाका बजारमा मुस्किलले प्रतिकेजी रु ७८ रुपैयाँ अर्थात प्रतिक्वीन्टल ७ हजार ८०० रुपैयाँ मुल्य पर्दछ ।

यत्ता व्यापार कम्पनीमा रहेको चामलको मुल्य प्रतिकेजी रु ६१ रुपैयाँ अर्थात ६ हजार १ सय रहेको थियो । अहिले सो मुल्यमा १० प्रतिशत छुट अर्थात सहुलिएत पाएसँगै ५४ रुपैयाँ ९० पैसामा प्रतिकेजी विक्री भईरहेको प्रमुख पाण्डेले जानकारी दिनुभयो । अहिले स्थानीय तहले राहत वितरणका लागि कम्पनीकै चामल प्रयोग गरिरहेका छन् । दैनिन २० क्वीन्टल चामल विक्री हुँने डोल्पामा अहिले दैनिक ८० क्वीन्टल भन्दा बढी विक्री भईरहेको छ ।

डोल्पामा पनि ४ प्रकारको चामल विक्री भईरहेको छन । बन्दाबन्दीमा कम्पनीले दश प्रतिशत छुट गर्दा जिरा चामल प्रति क्विन्टल रु ६हजार १०० बाट घटेर रु ५ हजार ४९० विक्री भईरहेको छ । त्यस्तै साना चामल रु ५हजार ४९० बाट घटेर रु ४ हजार ९०५ भएको छ । त्यस्तै मध्यम चामल रु ५ हजार २०० बाट घटेर रु ४ हजार ६८० रुपैयाँ तल झरेको छ । जापानी चामल रु ४हजार ४०० बाट घटेर रु ३ हजार ९६० मा विक्री वितरण भईरहेको पाण्डेले जानकारी दिनुभयो ।

जिल्लामा खाद्यान्न अभाव हुँन नदिन नयाँ खाद्यान्न ढुवानीको काम सँगै ठाउँ , ठाउँबाट विक्री गर्ने काम भईरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो । त्यस्तै सहुलियतमा पाईने नुन समेत अत्यधिक विक्री भईरहेको छ ।

यस बर्ष जिल्लामा निर्धारण गरिएको १८ हजार चामलको कोटामा अहिले सम्म १० हजार क्वीन्टल चामल मात्र ढुवानी भएको छ । हाल जिल्लामा खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड डोल्पा शाखामा ३ हजार,जुफालमा २ हजार र काईगाँउमा ६ सय क्वीन्टल मौजदात चामल रहेको छ । सर्मी डिपोमा चामल ढुवानीको काम सुरु भईसकेको प्रमुख पाण्डेले बताउनुभयो ।





error: Content is protected !!