दु्रत परीक्षण ः सवै कोरोना रिपोर्ट नेगेटिभ

नन्दा शाही
जाजरकोट, ६ बैशाख जाजरकोटका ६ स्थानीय तहमा गरिएको कोरोना भाईरसको दु्रत परीक्षण नेगेटिभ देखिएको छ । जिल्लाका भेरी , नलगाड ,छेडागाड नगरपालिका , जुनिचाँदे गाउँपालिका , शिवालय गाउँपालिका , बारेकोट गाउँपालिकामा गरिएको दु्रत परीक्षणबाट सवैको रिपोर्ट नेगेटिभ आएका अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिनुभयो ।

साथै किटको अभाव हुँदा आज शिवालय गाउँपालिकाबाट १७ जनालाई फिता पठाएको समाचार प्राप्त भएको छ । बस्नेतका अनुसार प्रदेशबाट थप किट पठाउने काम सुरु भईसकेको छ ।

जाजरकोटमा हाल सम्म गरिएको कोरोनाको द्रुत परीक्षणबाट दुई सय ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ६ वटा पालिकामा कोरोनाको द्रुत परीक्षण गर्दा सवैको रिर्पोट नेगेटिभ आएको हो । शिवालयमा २४, भेरी नगरपालिकामा ८४, जुनीचाँदे गाउँपालिकामा ६१, बारेकोट गाउँपालिकामा ५५, नलगाड नगरपालिकामा ४३ र छेडागाड नगरपालिकामा २४ जनाको द्रुत परिक्षण गर्दा सवैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

एक महिना यता भारत र अन्य मुलक बाट आएकाहरुको परीक्षण गरिएको हो । अन्यको भने किट अभावमा हुन सकेको छैन । सरकारले जाजरकोट जिल्लाको लागी तीन सय आरडिटी किट मात्र पठाएको हो । पाँच सय जति विदेशबाट मात्र आएका छन् । विदेशबाट आएका र संकास्पदको समेत परीक्षण गर्न सकिएको छैन । लकडाउनकै समयमा देशका विभिन्न शहरबाट आएकाहरुको भने किट अभावले परीक्षण गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताउनुभयो । अहिले सम्म परीक्षण गरिएका सवैमा नेटेटिभ रिर्पोट आएको छ । उहाँले भन्नुभयो “थप परीक्षणको दायरा बढाउन कम्तिमा तत्काल आवश्यक आरडिटी किट माग गरेका हौ तर स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा समेत किट नभएपछि समस्या देखिएको छ ।”





error: Content is protected !!