वडाको सिफारिमा मात्र खाद्यको चामल

नन्दा शाही
जाजरकोट , खाद्यान्न ढुवानीको जिम्म लिएको सप्लायर्सले ढुवानी नगर्दा बारेकोट गाउँपालिकामा खाद्य अभाव भएको छ ।
खाद्य ढुवानीको जिम्म लिएका एनवि विल्ड्रस सप्लार्सका मानबहादुर खड्काले जिल्ला प्रशासन कार्यालय जाजरकोटमा माघ २१ गते २ हजार ४ सय कोटा चामल बोक्ने भनि लिखित कागज गरेपनि सहमती अनुसार काम नगर्दा खाद्य अभाव भएको हो ।

‘लक डाउन’का कारण निजी क्षेत्रबाट चामल ढुवानी कार्य रोकिएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको घाट डिपोमा चामल लिनको दैनिक भिड हुँने गरेको हो । स्थानीयवासीले चामल नपाउदा रित्तो हात फर्कनु परेको भन्दै आक्रोष व्यक्त गरेका छन् । सप्लायर्सले चैत मशान्त सम्म २ हजार ४ सय क्वीन्टल चामल ढुवानी गर्नुपर्नेमा जिल्ला प्रशासन कार्यालयमा प्रमूख जिल्ला अधिकारीको रोहवरमा गरेपनि सो सहमती लत्याएपछि समस्य भएको हो । अहिले सम्म सप्लायर्सले १ हजार ७१ क्वीन्टल चामल मात्र ढुवानी गरेको लिमिटेडका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिनुभयो ।

बारेकोट गाउँपालिका –५ घाट स्थित लिमिटेडको डिपोमा २ हजार ५ सय क्वीन्टल चामल स्वीकृत कोटा भएपनि ठेकेदारले ढुवानी नगर्दा समस्य भएको हो । व्यापार कम्पनी लिमिटेडले जिल्ला कार्यालयले आफै ३५० क्वीन्टल चामल ढुवानी गरेको प्रमुख बस्नेतले बताउनुभयो । उहाँले भननुभयो , “ ठेकेदारले चामल बोकेनन् , मन्त्री ज्यूले छिटो चामल पठाउन आग्रह गर्नुभयो , त्यसैले हामीले आफै ढुवानी गरेर चामल पठाएका छौँ । ”

कार्यालय र ठेकेदारले गरी स्वीकृत कोटाबाटै अहिले सम्म १ हजार ४१६ क्वीन्टल चामल मात्र ढुवानी गरेका छन् । बिभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि खाद्यान्न ढुवानीमा भएको ढिलाईका बारेमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँसो लिएको कार्यालय प्रमुख बस्नेतले जानकारी दिनुभयो । उहाँले थप्नुभयो , “जसरी हुन्छ छिटो चामल ढुवानी गर्न निर्देशन आएको छ र तोकिएको कोटा भन्दा थप कोटा चामल पठाउने काम गर्नु भनेर समेत निर्देशन आएको छ ।”

उत्ता बारेकोट गाउँपालिकाले व्यापार कम्पनी लिमिटेडबाट चामल लिनका लागि वडा कार्यालयको सिफारिस अनिवार्य बनाएको छ । चामल लिन आउने स्थानीयवासीले भिडभाड गरेका कारण वडाको सिफारिसका आधारमा मात्र खाद्यान्न उपलव्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।

अहिले भएको कोटामा थप १ हजार क्वीन्टल चामल थप गरी ढुवानीको काम समेत गर्न लागिएको उहाँको भनाई छ । वडा नं १ मा आईतबार , वडा २ र ३ मा सोमबार , वडा नं ४ मा मंगलबार , ४ र ६ मा बुधबार र वडा ७ र ८ मा बिहीबार र वडा ९ मा शुक्रबार खाद्यान्न उपलव्ध गराईने गाउँपालिकाले जनाएको छ ।

चामल लिनका लागि सम्वन्धित वडा कार्यालयमा गएर सिफारिस लिई व्यापार कम्पनी लिमिटेडको डिपोमा जानुपर्ने छ । टाठाबाँठाले मात्र बढी चामल लिने र गरिवको हातमा चामल नपर्ने भएकाले यो कार्य गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ ।
त्यस्तै नलगाड नगरपालिकाको दल्लीमा समेत चामल बढाउन लागिएको छ ।

दुई दिन भित्र चामल ढुवानीको कार्य सुरु हुँने कम्पनीले जनाएको छ । त्यस्तै जुनिचाँदे गाउँपालिकाको ताँगा विक्री केन्द्रमा ३४० क्वीन्टल चामल पठाउन लागिएको प्रमुख बस्नेतले बताउनुभयो ।





error: Content is protected !!