आगलागीबाट दुई घर नष्ट , एक जना घाइते

डिल्लीराज विश्वकर्मा
रुकुम (पश्चिम) आठविसकोट नगरपालिका –१२ तार्सीबाङमा आज दिउँसो आगलागी हुँदा दुईवटा घर पूर्ण रुपमा नष्ट भएका छन् । स्थानीय अविर विष्ट र प्रताव विष्टको घरमा आगलागीे २ तले खरले छाएको घर पूर्ण रुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय आठविसकोटका इञ्चार्ज प्रहरी निरिक्षक अच्युतराज आचार्यले बताउनुभयो ।
उहाँका अनुसार उक्त घरमा आगलागी हुँदा लत्ताकपडा भाँडाकुडा अन्नपात र नगत गरी करिव ३ लाख ६७ हजार ९ सय ४० रुपँैयाँ बराबरको क्षेती भएको छ । नागरिकता लगाएतका कागजाताहरु सँगै सिरानमुनी राखिएका २ लाख ६४ हजार ९ सय ४० रुपँैया पनि जलेर नष्ट भएका छन ।
यसैबीच आगलागी हुँदा सोही घरका ६० वर्षीय अपांग व्यक्ति लालसिंह विष्ट घाइते हुनु भएको छ । उहाँको टाउको पछाडीको भागमा जलेको र बाँया हिपमा चोट लागेको प्रहरीे जनाएको छ । घाईतेको नगर अस्प्तालमा उपचरा भैरहेको छ । विष्टको घरबाट शुरु भएको आगो सल्कीएर नजिकै रहेको अर्काे घर पनि पूर्ण रुपमा नष्ट भएको छ । खरले छाएको उक्त घरमा आगलागी हुँदा भने लत्ताकपडा भाँडाकुडा सहित अनुमानित १ लाख २० हजारको क्षेती भएको प्रहरीले जनाएको छ ।
यस्तै वडा अध्यक्ष खम्बु कुसारीको नेतृत्वमा स्थानीय सबै मिलेर तत्कालै घर बनाइदिने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार अनुसन्धान गर्दा ५ वर्षकी बालिकाले आगो लगाएको खुलेको छ । आगलागीबाट घाइते भएका वृद्धले चुरोट सल्काएर अर्का व्यक्तिको लाइटर बालिकालाई पुय्राउन भनी दिएको बेला ति बालिकाले आगो लगाएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ ।





error: Content is protected !!