कोरोना भाईरस , हाम्रो साझा शत्रु

मायाप्रसाद शर्मा ‘पारशमणी’
भुमिका
कोरोना भाईरस ( कोभिड –१९) को पहिलो अनुसन्धानबाट बोल्ने र सुग्ने क्षमता कम हुने थियो । अहिले स्मरण शक्ति गुमाउने खतरा पत्ता लाग्यो ।

यसले घांटी र फोक्सोलाई प्रभावित पार्नुका साथै दिमागलाई पनि प्रभाव पारेको (ब्रेमडिफ्रेशन) जानकारहरु बताउँछन् ।
मन्दिर,मस्जित,चर्च,विहार,पुजारी,मैलाना,पादरी कसैलाई पनि यसले छोडेन । वेद,महाभारत,बाईबल,पुरानलाई अकाट्य ठान्नेहरु कोरोनाबाट मृत्यृवरण गर्न पुगे । सामन्य कामगरी खाने मजदुरको कुरा मात्र होईन, स्पेनकी ८६ बर्षीय राजकुमारी तथा उपप्रधानमन्त्री मरिया टेरेसा हुन वा क्यानडाका प्रधानमन्त्री जस्टिन टुवोकी श्रीमती सोल्की ग्रेगोइर टुबोलाई कोरोना भाईरस छोडेन ।

अहिले मनिस पिँजडामा कैद मात्र भएको छैन , चिडिया घरको अनुभूती गरेको छ । चन्द्रमा घडेरी किनबेच गर्ने,मंगलग्रहमा खेतिपाती गर्न खोज्दैछ । डलरमा मान्छे बेच्नेहरु,हिजो मान्छे मान्छेका बीच छुत र अछुतको सिमाना बनाएका थिए । आज मृतदेहमा मलामी जाने कोही छैन । अङ्गालो मारेर रुने कोही नहोला जस्तो छ । कोरोना भाइरसको नश्ल पहिचान भयो तर गर्भ निरोधक भ्याक्सिन बनाउन गाह्रो भईरहेकोछ ।  मान्छेको लिङ्ग परिवर्तन गर्न सक्नहरु आज कोरोनाको औषधि पत्ता लगाउन नसक्ने स्थितीका बीच विश्व जगत देखा परेको छ ।

अहिले अबस्था
डिसेम्वर १० को मध्य तीर चिनको बुहान सहरबाट ५७ बर्षीय माछाव्यापारी महिला मिकु जियन खोकी र ज्वरोले सताए पछि अस्पताल गईछिन् । अस्पतालले रुघाखोकी र ज्वरोको औषधि दियो । उनि आफनै पसलमा फर्किईन । ८ दिनपछि उनी आफनै पसलमा ढलिन र थप ४० जनामा त्यस्तो रोग देखा परेपछि चिन त्यो अज्ञात रोगको बारेमा ध्यारैलाई जानकारी दियो । डब्लुएचओले त्यो नौलो नाम novel coronavirus 2019 अर्थात dovid-19 राख्यो । यसरी २१ जनवरीमा इटली,१मार्च २०२०भारतको मुम्बइमा बुहानबाट आएका ५जना भारत र २४ जनवरी २०२० कोरीयाबाट आएका एकजना नागरिकमा नेपालमा देखा पर्यो । यसरी नै २३ मार्च २०२० मा फ्रान्सबाट आएका बिद्यार्थीमा देखा पर्यो ।

नेपालमा पहिलो कोरोना सक्रमित ंव्यतिm २४ जनावरी २०२० अर्थात २०७६ माघ १० देखा परेको थियो । हाल सम्म १६ जनामा कोरोना पोजेटिभ देखापरेको खवर छ । तर मानविय क्षेति भने भएको छैन । चिनमा करिब करिब कोरोना मुक्त हुने अबस्थामा छ , भने इटलिमा चौथो चरण,भारतमा तेस्रो चरणमा प्रबेश गरेको देखिन्छ । आज सम्म सबैभन्दा बढी अमेरिकामा करिब करिब २८ हजार भन्दा बढी,ईटालीमा २३ हजार भन्दा बढी,स्पेनमा १८हजार भन्दा बढी मान्छेहरुको मृत्यु भएको खवर पाईएकोछ । विकशित देशहरुमा ठुलो स्केलमा सञ्चालन भएका उधोग, धन्दा, कलकारखाना र रसायनिक एवम् जैविक हतियार उत्पादनले चुनौती पैदा गरेको छ ।

अमेरिका,इटाली,फ्रान्स,स्पेन,बेलायत,जर्मन,चीन,भारत,दक्षिणकोरिया,जापान,समस्त युरोप,अफ्रिका देखि समग्र विश्वले भोगिरहेकोछ । मिसाएल बम र आधुनिक हतियार विश्व सैनिक क्याम्प खडा गरेर अरु देशमा बम खसाल्नेहरुको अबस्था निकै चाख लाग्दो छ । अमेरिकामा संकटकाल,युरोपोली देश थम्पु,चीन पुरानै तहमा फर्किदैछ । अहिले देशहरुमा खाने कुराको अभाव,कालो बजारी चरम छ । कोरोनाको विश्व भ्रमण कहाँ गएर टुङिगने हो कसैलाई थाहा छैन । अरबौ हतियारधारी सशस्त्र मानव एकातीर र निशस्त्र कोरोना भाईरस अर्कोतीर भएर आतंक मच्चाई रहेकोछ ।

साबधानीका बिषयहरु

बिज्ञहरुका अनुसन्धान अनुसार यो भाईरस कुनै जिवित होइन तर प्रोटिन DNA  ­हो जसलाई सुरक्षात्मक तह लिमिट(फयाट)ले ढाकिएको हुन्छ । नाक वा मुख भ्युकोसाको कोषहरुद्धारा अव शोषित गर्दा यिनिहरुको अणुवंशीय कोष परिवर्तन गर्दछ । उत्परिवर्तन र यिनिहरुलाई आक्रमक र प्रशस्त कोषिकाहरुमा रुपान्तरन गर्दछ । यो भाईरस जीवित जिव होईन । तर प्रोटिन अणु हो , तर यो मार्न सकिदैन आफै नष्ट हुन्छ । यसको बिघटन समय बर्तमानको अवस्था र वातावरणमा भएको तापमान,आद्रता र सामग्रीको प्रकारमा निर्भर गर्दछ भन्ने भनाई छ ।

सुदरपश्चिम तथा कर्णाली प्रदेशमा भारतमा काम गर्ने मजदुरहरु धेरे मात्रामा जाने र फर्किने स्थिती छ । भारतमा कोरोना भाईरस देखा परुन्जेल सम्म नेपालमा पनि फैलिने जोखिम कायम रहन्छ , त्यतिबेला सम्म ‘लकडाउन’ कायम राख्नु उत्तम हुन्छ । एकातीर साधन स्रोतको सिमितता,भौगोलिक बिकटता कारण बिरामीहरुलाई अस्पताल सम्म पुर्याउन कठिन छ भने गाउँगाउँमा औषधि उपचार र व्यवास्थापनमा समस्या देखिन्छ । जनचेतनाको न्युनताले औषधि उपचार भन्दा पुजा आजा गर्ने,भाकल गर्ने अन्धबिश्वाशले पनि जनस्तरमा समास्या पारेको देखिन्छ ।

राहत बितरण,क्वारेन्टाईन निर्माण,डाक्टर,स्वास्थ्य कर्मी र सुरक्षाकर्मिको मनोवलले पनि केही समास्या देखापर्न सक्छ । हामीसँग रहेको एउटा महत्वपुर्ण समस्या भनेको काम भन्दा कुराबढी गर्ने हो । हामीसँग पर्याप्त साधन छैन , भएकोमा नक्कली वा सक्कली थाहापाउने कुराको समस्या छ । यदी उपकरणहरु नक्कली वा कमजोर परेमा त्यसले दिने परिणाम पनि गलत हुन्छ । जस्तो बिरामीलाई निरोगी र निरोगीलाइ बिरामी देखायो भने व्यक्ति,परिवार वा समाजमा समस्या उत्पन्न हुन्छ । किन कि उ कुन कुन ठाउँमा गयो को कस सँग सम्पर्क भयो भन्ने तनाब पैदा हुन्छ ।

बिभिन्न तहका सरकारले अपनाउन कामहरु

हरेक अस्पतालहरुमा चिकित्सक,औषधि,प्रबिधि तत्काल ल्याउनु पर्ने,महामारीका नाममा देखिएका कालोबजारी,बिभिन्न तहमा देखिन थालेकोमा रोक्ने,देश बाहिर रहेका नेपाली जनताको व्यवस्थापन उद्दारको व्यवस्था सहित सिमा बन्द गर्दै , देशभित्रका नाँकाहरुमा हेल्थडेक्स स्थापना,स्वास्थ्य जाँच तथा आगमनलाई कडाइ,क्वारेन्टाइन निमार्ण,बिपत् व्यवस्थापन कोष,स्थानीय तहलाई बजेट व्यवस्थापन कोष,स्वास्थ्य कर्मीलाई आबश्यक सामग्री तथा प्रोत्साहन भता बिपन्न नागरिकहरुको लागि राहतको व्यवस्था गर्नु पर्ने हुन्छ । कर्णाली प्रदेशका जिल्ला,पालिका र वार्ड तहमा महामारीसग सम्बन्धित विविध कार्यहरु गर्न गराउनका लागि पार्टीको तर्फबाट बढीमा ५जनाको व्यवस्थापन संयन्त्र निर्माण गरी आपत, बिपत कामलाई तिव्रताका साथ काम गर्ने भएको छ ।
जिल्ला,पालिका तथा वडा तहको संयन्त्र निर्माण गरी सबै तहमा व्यवस्थापनमा ध्यान दिदा राम्रो हुन्छ । त्यसरी समिति निर्माण गर्दा कार्यान्वयनमा सबै पक्ष तथा विचारको प्रतिनिधित्व हुन सकोस भन्ने कुरामा ध्यान दिने उपयुक्त हुन्छ । सबै तहका सरकारहरुको कार्ययोजनालाई कार्यान्वयन गर्न,महामारी नियन्त्रण र रोकथाम तथा उपचारको प्रत्यक्ष नेतृत्व,दैनिक समस्या समाधानमा पहल,नियमित रिपोर्टिङ्,सरकारहरुसगँको प्रत्यक्ष समन्वय,सहयोग तथा आवश्यक निर्देशन गर्नका लागि सजिलो होस ।

जनस्तरका कामहरु

हाम्रो देशको सन्दर्भमा सबैभन्दा उपयुक्त माध्यम भनेकै लकडाउन हो । यसको पालना गर्न नै सबै भन्दा सुरक्षित हुनु हो । डाक्टरको भनाइ अनुसार भाईरसलाई बोसो र बाहिरी पातलो तहले यसलाई सुरक्षित गरेको हुन्छ । त्यसकारण यसका लागि कुनै साबुन वा सेनिटाईजर नै उत्तम उपचार हो । साबुनमा रहेको रसायनले बोसो ( माटो)सतहलाई गर्छ अथवा तोड्छ । प्रोटिन अणु फैलिन्छ । आफैमा बिच्छेद गरेर क्रियाशिल रहदैन । तातो बोसो पग्लिएर हात गोडा,कपडा र शयौ चीज धुनको लागि २५ डिग्रि सेल्सियस भन्दा तातो पानी प्रयोग गर्नु उत्तम हुन्छ ।

तातोपानीले अत्याधिक फोम पैदा गर्ने भएकाले भाईरस क्रियाशिल हुन सक्दैन । यसको संरचनालाई छिटोछिटो बिध्वस गर्नुपर्छ । बिभिन्न अध्यायन अनुसार सबैभन्दा बढि कार्डबोर्डमा २४घन्टा,धातु र पलस्ट्रिकमा भाईरस ७२ घण्टामा बिछेदित हुन्छ भन्ने छ । कपडा पनि भाइरस रहने हुँदा कपडा झटारेमा ३ घण्टा सम्म हावामा तैरिएको भाईरसको अणु हावामा तैरिन्छ र त्यो नाकमा प्रवेश गर्न सक्छ । भाईरसका अणुहरु चिसो घरको कृतिम एयरकण्डिसन र कारहरुमा धेरैबेर सम्म स्थिर रहनसक्छ भन्ने भनाई छ । त्यसकारण वायुको चिसोपन कम गर्न सुक्खा तातो अनि उज्यालो वातावरण बनाउन उपयुक्त हुन्छ । अल्टाभ्वाईलेट लाईटले कुनै पनि वस्तुमा रहेको भाईरस प्रोटिनलाई बिच्छेद गर्दछ ।

त्यसकारण मास्स प्रयोग गर्नु उत्तम हुन्छ । यो भाईरसले छालामा कलेजेन(जुन प्रोटिन हो )पनि टुक्राटुक्रा पारिदिन्छ । एउटा हल्ला छ कि स्पिरिटस,मदिरा,रक्सी वा भोड्काले भाइरस नियन्त्रण गर्छ । मोड्कामा ४०प्रतिशत अल्कोहल मात्रा हुन्छ त्यसलाइ नष्ट पार्न ६५प्रतिशत अल्कोहल चाहिन्छ रे त्यसमा बिश्वास गरेर जड्याह बन्नतीर जोडगर्नु उपयुक्त लाग्दैन ।

हरेकले आफ्रनो मुख,नाक,आखा,खाना चापी,तालाहरु,चुक्कुल,विद्युतिय स्वीचहरु,रिमोट कन्टोल ,मोबाईल फोन,घडि,कम्युटर डेस्क,टिभी आदि छुनु अघि र पछि शौचालय वा बाथरुम प्रयोग गरेपछि साबुन पानीले हात धुनुपर्छ । सबैभन्दा ध्यानदिने कुरा धोइसके पछि सुक्खा राख्नुपर्छ,नङ्ग काटेर सानो सानो पार्ने किनकी नङ्गमा भाईरस बस्न नपावस ।

निचोड

कतिपय ठुला देशहरुले रोग भित्री सकेपछि सावधानी अपनाउन मानेन,मास्कको प्रयोग नगर्ने,स्वास्थ्य सम्वन्धि नीति निर्माताको सल्लाह,सुझाव नमाने आफनो प्रजातन्त्रलाई लकडाउनले थुत्न नचाहेको भनाई राखे र भिडभाडलाई रोक्न सम्म मेहनत गरेनन । लकडाउन गरेका देशहरुमा केही नियन्त्रण भयो र तथा कम क्षेति भयो ।
हाम्रो देशमा सरकारले सचेतता अपनाएर कोरोना भाईरसको लक्षण देखापर्ने बित्तिकै २०७६ चैत्रको ११गते देखि पहिलो पटक १८ गते सम्म,१९गते २५गते सम्म,२६गते देखि बैशाख ३ गते र अहिले बैशाख १५ गते सम्म लकडाउन गरेकोछ । सरकारले गरेको लकडाउनको पुर्ण पालना गर्न थप आबश्यकता देखा परेको छ ।
बिगत झै निरन्तर रुपमा बेलाबेलामा हात धुने,घरबाट वाहिर ननिस्कने मास्कको प्रयोग गर्ने सही सूचना मात्र लिनेदिने,भिडभाड वा हुलबाट टाडा रहने खोक्दा वा हाँछियु गर्दा मुख छोप्ने,रुघा लागेमा स्वास्थ्य कर्मीलाई जानकारी दिने काम गर्न नछुटाउने कुरा नै अनिवार्य सर्त हो ।

अब हरेकले विश्व जगतमा पुजीवाद र समाजवाद बीचको फरक,अर्थतन्त्रमा देखापरेका समस्या,मान्छेको जीवन, बचाउने क्षमता,प्रबिधि र औषधी खोज अनुसन्धानमा ठुलाठुला महल,अस्पतालका नाममा खोलीएका व्यापारी अस्पताल निर्माण गरेर भ्रष्ट पुजीवादको सेवा गर्ने कि के गर्ने भन्ने बिषय हाम्रो अगाडी खडा भएको छ । कोरोना भाईरस विश्वका जनताको साझा शत्रु हो,यसका विरुद्ध सबैजना एकजुट भएर मात्र यसलाई परास्त गर्न सकिन्छ ।
लेखक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य,कर्णाली प्रदेश सचिब तथा राष्ट्रियसभा सदस्य हुन ।





error: Content is protected !!