गर्भवतीको उद्धार

नन्दा शाही
जाजरकोट , ४ बैशाख ः गर्भमा बच्चा उल्टो भएर सुत्केरी हुन नसकेकी त्रिपुरासुन्दरी नगरपालिका – ७ डोल्पाकी २१ वर्षीय बिपना रोकायको आज विहानै उद्धार गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय डोल्पामा बैशाख २ गते सुत्केरी गराउन ल्याएपनि उल्टो बच्चा भएको भन्दै प्रदेश अस्पतालमा लिईएको थियो । डो््ल्पामै अप्रेशन गर्ने तयारी भएको समयमा अप्रेशनका लागि ज्ञारेन्टी मागेपछि सो दिन नसकिने स्वास्थ्य कार्यालयले स्पष्ट पारेसँगै आज विहान रोकायको हेलिकोप्टरबाट उद्धार गरी सुर्खेत स्थित प्रदेश अस्पतालमा लगिएको थियो । गर्भवतीलाई सुरक्षित रुपमा सुर्खेत पठाएको डोल्पाका डिएस्पी नारायण रन्जितकारले जानकारी दिनुभयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको राष्ट्रपती हवाई उद्धार कोष मार्फत उद्धार गरिएको हो । यो सहित डोल्पामा १४ जना गर्भवतीको उद्धार गरिएको जिल्ला समन्वय समितिका प्रमुख शेरबहादुर बुढाले जानकारी दिनुभयो ।





error: Content is protected !!