विपन्न नागरिकलाई राहत वितरण


डोल्पामा राहत वितरणको काम सुरु गरिएको छ । ठुलीभेरी नगरपालिकाका बिभिन्न वडाहरुमा राहत बितरण सुरु गरिएको हो ।
नगरपालिका– ६ मा आज १३३ बिपन्न घरपरिवारलाइ राहत बितरण गरेको वडा अध्यक्ष धर्मलाल बुढाले जानकारी दिनुभयो ।
अध्यक्ष बुढाका अनुसार प्रतिघरपरिवार ३० केजी चामल,एक पोका तेल र दुई पोका नुन बिपन्न तथा दलित घरपरिवालाइ वितरण गरिएको हो ।

विद्यालयको प्राङ्गणमा सामाजिक दुरी कायम गर्दै एकमुष्ट रुपमा वितरण गरिएको वडा सदस्य मानबहादुर बुढाले जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो , “ दलित परिवार धेरै छन् जो दैनिक ज्यालादारी गरेर छाक टार्छन त्यसैले सबैभन्दा धेरै समस्यामा दलित परिवारहरु रहेका छन । ” नेपाल सरकारले अनुदानमा दिने खाद्यान्नको चामल वडाले खरिद गरेर विपन्न तथा दलित घरपरिवारलाइ बितरण गरेको वडा अध्यक्ष धर्मलाल बुढाले जानकारी दिनुभयो ।

नगर कार्यपालिकको बैठकले पारित गरेको राहत वितरण तथा ब्यवस्थापन कार्यबिधि अनुसार नगरपालिका भित्रका सबै वडामा राहत वितरण क्रम चलिरहेको र वितरणको काम अझै गतिका साथ लिने क्रम्म रहेको सूचना अधिकारी दिलु केसीले जानकारी दिनुभयो । सरकारले गरेको ‘लकडाउन’ले दैनिक ज्यालादारी गरेर छाक टार्नेहरुको चुलो बल्न समेत कठिन भएको भन्दै गाउँमै पुगेर राहत वितरण गर्न सुरु गरिएको हो ।

हाल सम्म ठुलीभेरी नगरपालिकाका वडा नम्बर ५,६,७,८ र ९ मा मात्र राहत वितरण भएको वडाध्यक्ष बीरमलकुमार भण्डारीले जानकारी दिनुभयो । त्यसैगरी काईके ,जगदुल्ला,मुड्केचुला लगायतका गाउँपालिकामा समेत राहत वितरणका गर्ने क्रम सुरु भएको छ ।





error: Content is protected !!