क्वारेन्टाइनमा यसरी राखौँ परिवारलाई सुरक्षित

परिवारका सदस्यमध्ये कसैलाई कोरोना भाइरस (कोभिड–१९) देखिएको छ भने एकदमै सचेत हुनुपर्छ । संक्रमित व्यक्तिको सम्पर्कबाट टाढा बस्नुपर्छ । सकिन्छ भने एउटा रुममा एकजना मात्र बस्नुपर्छ । लक्षण देखिएको व्यक्तिबाट आफू र अरूलाई संक्रमण नफैलियोस् भनेर तुरुन्तै अस्पताल लगेर उपचार गर्नुपर्छ ।

ठूलो परिवार किन नहोस् सबैले सचेत भएर घरमै बस्यौँ भने कोरोनाबाट बच्न सकिन्छ । यो आयातीत रोग हो । कुनै ठाउँबाट ल्याइएको रोग हो । आयातलाई रोक्नेबित्तिकै यो रोगलाई रोक्न सकिन्छ ।

कोरोनाको संक्रमण १४ दिनसम्म रहन्छ । भाइरसको २ देखि १४ दिनको समय संक्रमण गर्न सक्ने अवस्थाको हो । यो अवधिभर बाहिरको व्यक्तिको सम्पर्कबाट टाढा रहनुपर्छ । घरमै बस्नुपर्छ । जसले रोग ल्याउन सक्छ त्यस्तो व्यक्तिबाट हामीले टाढा बस्नुपर्छ । यदि कुनै व्यक्तिलाई यो रोगको लक्षण देखिएको छ भने उसले क्वारेन्टाइन र आइसोलेसनमा बस्नुपर्छ ।

कतिपय अवस्थामा भाइरस पोजेटिभ देखिए पनि लक्षण नदेखिएको हुन सक्छ । दुईदेखि १४ दिनभित्र जुनसुकै वेला पनि लक्षण आउन सक्छ । कहिल्यै नदेखिएर त्यतिकै टर्ने पनि हुन सक्छ । यस्तो अवस्थामा अर्को व्यक्तिमा यो भाइरस सर्न सक्छ । यस्तो नहोस् भनेर रोक्न लकडाउन गरेको र क्वारेन्टाइनमा बस्न भनिएको हो ।

क्वारेन्टाइनमा बसेको वला एकजना मात्रै सामान किन्न जानुपर्छ । जाने व्यक्ति निरोगी हुनुपर्छ । उसले माक्स लगाएर मात्र बाहिर जानुपर्छ । बाहिर जाँदा र घरभित्र आउँदा स्यानिटाइजरको प्रयोग अनिवार्य गनुपर्छ ।

यदि कुनै व्यक्तिलाई संक्रमण देखियो भने अरू कसैलाई पनि सर्न दिनुहुँदैन । साथै संक्रमित व्यक्ति भिडभाडमा जानुहुँदैन ।

ठूलो परिवार किन नहोस् सबैले सचेत भएर घरमै बस्यौँ भने कोरोनाबाट बच्न सकिन्छ । यो आयातीत रोग हो । कुनै ठाउँबाट ल्याइएको रोग हो । आयातलाई रोक्नेबित्तिकै यो रोगलाई रोक्न सकिन्छ ।

बाहिर ननिस्कनुहोस् । सामान्य समस्या हुँदैमा अस्पताल नजानुस् । किनकि अस्पतालमा पनि संक्रमित हुन सक्छन् । उनीहरूबाट समेत सर्न सक्छ ।





error: Content is protected !!