डाक्टरहरूको आवाज सुन्ने कोही छ ?

नयाँ दिल्ली ः दिल्लीमा रहेको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) भारतकै प्रतिष्ठित अस्पतालमध्ये एक हो। त्यही प्रतिष्ठित अस्पतालका डाक्टरहरु अहिले प्राप्त सुविधा र आफ्नो सुरक्षालाई लिएर चिन्तित छन्।
२ अप्रिल बिहीबार एम्प अस्पतालकै एक डाक्टरको कोरोना भाइरस परीक्षण पोजेटिभ आयो। लगत्तै ९ महिने गर्भवती उनकी पत्नीमा कोरोनाको संक्रमण भएको खबर आयो। उनी एम्स अस्पतालमै इमर्जेन्सी वार्डमा उपचारत थिइन्।
एम्स अस्पतालका ति डाक्टरमात्र होइन, भारतको राजधानी दिल्लीका एक दर्जनभन्दा बढी डाक्टर र नर्सहरू कोरोना भाइरसको शिकार बनिसकेका छन्। एम्स अस्पतालका रेसिडेन्ड डाक्टरले त्यहाँका स्वास्थ्यकर्मीमा कोरोना भाइरस देखिन थालेको बताएका छन् । अब बढ्दै गए स्थिति भयावह हुने उनीहरुको भनाइ छ।
एम्स अस्पतालका स्वाथ्यकर्मीका लागि पीपीई र सेनिटाइजरसमेत नभएकाले स्थिति भयावह हुने उनीहरुको उनीहरु बताउँछन्। ‘भारतकै प्रतिष्ठित अस्पलताको त अवस्था यस्तो छ भने अन्य अस्पतालको अवस्था कस्तो होलारु,’ एम्सका एक चिकित्सकले स्वास्थ्यकर्मीहरु नै जोखिममा रहेको संकेत गर्दै प्रश्न गरे।
एम्स अस्पतालकै अर्का डाक्टर भन्छन्, ‘हरेक दिन जब म ड्युटीमा अस्पताल जान्छु, मलाई आफू र अन्य साथीहरुको डर लाग्छ। हामी यस्तो परिस्थितिमा काम गरिरहेका छौं, यहाँ मानिसहरू अन्य रोगको उपचारका लागि आउँछन्, उनीहरूमा कोरोनाको संक्रमण छ या छैन थाहा हुँदैन। उनीहरूको उपचार त गर्नै प¥यो, तर हामीसँग पीपीई नै छैन, अनि कसरी महामारी सँग लड्नेरु म जस्ता फ्रन्टलाइनमा काम गर्नेहरु जोखिममा छन्।’
पर्सलन प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) र सेनिटाइजरको अहिले भारतमा अभाव छ। पीपीई र सेनिटाइजरको अभावमा स्वास्थ्यकर्मीहरू नै कोरोना भाइरसको जोखिममा परेका हुन्।
एम्स अस्पताल प्रशासनले अभावका कारणले पीपीई पुनः प्रयोग गर्न भनेको छ। तर, यो झन खतरनाक हुनसक्छ। एम्स अस्पतालका जनरल सेक्रेटरी वरिष्ठ रेसिडेन्ट डाक्टर टी श्रीवासन राजकुमारले पीपीईको पुनः प्रयोगको सम्बन्धमा स्वास्थ्य मन्त्रालयको निर्देशनको पालना गर्नुपर्ने बताएका छन्। तर, डाक्टर र नर्सहरूले पीपीई पुनः प्रयोग गर्न अस्वीकार गरेका छन्।
डाक्टर र नर्सको सुरक्षाको माग
डाक्टर र नर्सहरूले अस्पतालका निर्देशकसँग वार्डमा प्रयाप्त पीपीईको व्यवस्थाका लागि पहल गर्न रेजिन्डेन्ट डक्टर्स एसोसिएशन (आरडीए)सँग माग गरेका छन्। उनीहरूले सुरक्षा सामग्रीहरूको अभाव भएको र आफूहरू जोखिममा रहेको बताएका छन्। उनीहरूले कोरोनाविरुद्ध लड्नका लागि एक स्वतन्त्र एक्सन टिम बनाउन माग गरेका छन्।
डाक्टर र नर्सहरुको गुनासो सुनेपछि आरडीए अध्यक्ष डा।आदर्श प्रताव सिंहले अस्पतालका निर्देशक डा।रणदीप गुलेरियालाई एक पत्र लेख्दै भनेका छन्, ‘प्रयाप्त पीपीई उपलब्ध गराइदिनुस्, ताकी डाक्टर र नर्सहरू जोखिमबाट मुक्तहुँदै उपचारमा खटिन सकुन्।’
एम्सका स्वास्थ्यकर्मीहरू अहिले आफैंले बनाएको सेनिटाइजर र प्लास्टिकको पीपीई प्रयोग गर्दै कोरोना भाइरसका विरामीहरुको उपचारमा खटिएका छन्।
आरडीएले सबै डाक्टरहरुलाई अस्पतालमा राम्रो व्यवस्था नभए पनि यात्राको समय घटाउन भनेको छ। उसले डाक्टरहरुको स्क्रिनिङ पनि नभइरहेकाले परिस्थित भयवाह हुनसक्ने तर्फ सचेत गराउँदै सतर्क रहन सुझाएको छ।
सवोच्चसम्म मुद्दा
महामारीको यो समयमा अहोरात्र खट्ने डाक्टरहरू नै जोखिममा रहेकाले यो विषयमा सर्वोच्च अदालनमा मुद्दा दायर भएको थियो। ‘महामारीसँग लडिरहेका डाक्टर, नर्स तथा मेडिकल स्टाफहरूलाई पीपीई उपलब्ध गराइयोस्,’ भन्दै नागपुरका एक डाक्टरले मुद्दा दायर गरेका थिए।
मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले केन्द्र सरकार र स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्यकर्मीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, पीपीई तुरुन्त उपलब्ध गराउन आदेश दिएको छ।
सर्वोच्चको फैसलाअघि केन्द्रीय स्वास्थ्य मन्त्रालयले अस्पतालहरूमा तीन लाख ३४ हजार थान पीपीई व्याकअपमा रहेको, भर्खरै ६० हजार थान खरिद गरिएको र रेडक्रसले १० हजार थान पीपीई सहयोग गरेको बताएको छ।
सरकारले प्रयाप्त रहेको बताएपनि भर्खरै गरिएको ‘राष्ट्रिय तयारी सर्वेक्षण’ले अधिकांश जिल्लामा पीपीई, सेनिटाइजर, मास्कलगायतका सुरक्षाका सामग्री अभाव रहेको देखाएको छ। सर्वेक्षणमा विभिन्न राज्यका ४१० जिल्लाधिकारी सहभागी थिए।
सर्वेमा सहभागी ४७ प्रतिशत अधिकारीहरूले आफ्नो जिल्लाका अस्पतालहरूमा पीपीई अभाव रहेको बताएका थिए। यस्तै, ३४ प्रतिशतले स्थानीय अस्पतालहरू कोरोना भाइरसको महामारीसँग लड्न तयार नभएको बताएका थिए।
यो सर्वेक्षण व्यक्तित सुधार मन्त्रालयअन्तर्गतको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागले गरेको थियो। सर्वेका लागि आईएएस अधिकारीहरू ९केन्द्रीय मन्त्रालयका सहसचिव०लाई खटाइएको थियो।
६२ लाख पीपीई र ४ करोड मास्क आवश्यक
रोयटर्सको एक रिपोर्टअनुसार भारतमा अझै ६२ लाख पीपीई आवश्यक छ। साथै भारतमा तत्काल ६४ लाख मास्क आवश्यक रहेको पनि सो रिपोर्टमा उल्लेख छ। सरकारले विभिन्न कम्पनीहरूसँग स्वास्थ्य सामग्रीहरू उपलब्ध गराउन निर्देशन दिइसकेको बताइएको छ।
सरकारले पीपीई उत्पादनका लागि विभिन्न ११ कम्पनीहरूलाई मान्यता दिएको छ। उनीहरूलाई २१ लाख थान पीपीईका लागि अर्डर दिइसकेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
विश्व स्वास्थ्य संगठनले २७ फेब्रुअरीमा सबै देशहरूलाई महामारीविरुद्ध लड्नका लागि पीपीई स्टक राख्न आग्रह गरेको थियो। सरकार र उद्योगहरुलाई पनि पीपीई उत्पादनमा ४० प्रतिशतले वृद्धि गर्न पनि भनेको थियो। ‘सरकारले विश्व स्वास्थ्य संगठनको निर्देशनअनुसार काम गरेको छरु’ भन्ने बीबीसीको प्रश्नमा केन्द्रीय स्वास्थ्य मन्त्रालयले कुनै प्रतिक्रिया दिन चाहेन।
रेनकोट लगाएर उपचार गर्दै डाक्टर
पीपीईको अभावकै कारण भारतका डाक्टर र नर्सहरू रेनकोट लगाएर बिरामीको उपचार गरिरहेका छन्। साथै उनीहरू पीपीईलाई पुनः प्रयोग गर्न बाध्य पनि भइरहेका छन्। कतिपय अस्पतालहरूमा डाक्डर र नर्सहरू पीपीईबिनै बिरामीको उपचार गर्न बाध्य छन्।
इटाली, स्पेनलगायतका देशमा पीपीई अभावकै कारण कयौं स्वास्थ्यकर्मीहरु कोरोना भाइरसको शिकार बनेको थिए। भारतमा पनि त्यस्तै अवस्था आउने देखिएको छ।
कतिसम्म भने कोलकोत्ताको बेलियाघाट इन्फेक्सियस डिडिज हस्पिटलका जुनियर डाक्टरहरु प्लास्टिकको रेनकोट लगाएर उपचार गरिरहेको तस्बिर सर्वाजनिक भएको छन्। यस्तै, हरियाणामा पनि डाक्टरहरू मोटरसाइकलको हेलमेट लगाएर उपचार गरिरहेको थिए। यसले भारतमा स्वास्थ्यकर्मीहरू जोखिममा रहेको पुष्टी गर्छ।
अन्य राज्यको पनि हालत उस्तै
अन्य राज्यहरूका अस्पतालले पनि पीपीईको माग गरेका छन्। तर, सरकारले उनीहरू एचआईभी किट्स उपलब्ध गराएको छ। कोरोना भाइरस यस्तो किट्समा सजिलै टाँसिने भएकाले यो उपयुक्त नभएको डाक्टरहरुले बताएका छन्।
बिहारका मुख्यमन्त्रीले केन्द्रसँग पाँच लाख थान पीपीई र १० लाख एन ९५ मास्क माग गरेपनि चार हजार थान पीपीई र ५० हजार थान मास्क मात्र उपलब्ध गराएको बताइएको छ।
‘बलिदान र आत्महत्यामा फरक छ। तर, हाम्रा लागि दुवै उस्तै भएको छ। मर्नको चाहन्छ र ? यदी तपाईंलाई कुनै अस्पतालमा काम गर्न खटाइन्छ भने सुरक्षाको ग्यारेन्टी त हुनुप¥यो नि१,’ बिहारको पाटना मेडिकल कलेजका एक डाक्टरले नाम उल्लेख नगर्ने शर्तमा भनेका छन्, ‘हामीलाई एचआईभी किट्स प्रयोग गर्न भनिएको छ, यो लगाउनु भनेको आत्महत्या नभए के होरु मैले सरकारको आलोचना गरिरहेको छैन। तर, म चाहन्छु दुवै पक्ष मिलेर काम गर्नुपर्छ।’
स्वास्थ्यकर्मीहरूले आफ्नो जिन्दगी जोखिममा रहेको र आफ्नो आवाज सुन्ने कोही नभएको गुनासो गरिरहेका छन्। त्यही कारण अहिले सामाजिक सञ्जालमा ट्रेन्डिङमा छ।
भारतमै स्वास्थ्य सामग्री अभाव रहेकावेला भारतले सर्बिलालाई ९० टन स्वास्थ्य सामग्री सहयोग गरेपछि सरकार बिबादमा आएको छ। देशमै स्वास्थ्य सामग्रीको अभावमा स्वास्थ्यकर्मीहरू जोखिममा रहेकावेला अन्य देशलाई दिनु गलत भएको भन्दै सरकारको विरोध भइरहेको छ।
डाक्टर नै कोरोनाको चपेटामा
भारतमा ५० जनाभन्दा बढी डाक्टरहरू कोरोना भाइरसको संक्रमणमा रहेको एम्स अस्पतालका आरडीएका पूर्वअध्यक्ष तथा प्रोग्रेसिभ मेडिको एन्ड साइन्टिस्ट्स फोरम ९पीएमएसएफ०का राष्ट्रिय अध्यक्ष डा।हरजित सिंहले बताएका छन्। यसले देशमा पीपीईको कमि भएको र स्वास्थ्यकर्मीहरू कोरोनाको अधिक जोखिममा रहको देखाउने उनले बताए।
‘दक्ष स्वास्थ्यकर्मीहरू राता–रात तयार हुन सक्दैनन्। यदि दक्ष स्वास्थ्यकर्मी नै संक्रमित भएर क्वारेन्टाइनमा बसे भने हाम्रो मेडिकल सिस्टम नै ठप्प हुन्छ, स्थिति झन भयावह हुन्छ। यसतर्फ कसैले सोचेको छरु,’ डा।हरजित सिंहले भने, ‘यदी सरकारले प्रयाप्त मात्रामा गुणस्तरीय पीपीई उपलब्ध गराउने हो भने भारतीय स्वास्थ्यकर्मीहरू चमत्कार गर्ने क्षमता राख्छन्। राज्य यसतर्फ गम्भीर हुनुपर्छ।’
दिल्लीको हिन्दूराव अस्पतलाका केही डाक्टर र नर्सहरूले अस्पतालसँग पीपीईको माग गर्दा उनीहरूलाई १ अप्रिलमा अनुसन्धनात्मक कारबाही गरेको थियो। लगत्तै उनीहरूले सामुहिक राजीनामा दिएका थिए। यस्तै, पीपीईबिनै विरामीको उपचार गरिरहेका पूर्वसहकर्मी डाक्टरको फोटो पोस्ट गरेपछि ट्युमर विशेषज्ञ डा इन्द्रनिल खानलाई प्रहरीले २९ मार्चमा गिरफ्तार गरेको थियो।
धेरै स्वास्थ्यकर्मीहरूले आफूहरु एकदमै डराइरहेको बताएका छन्। तर, उनीहरु आफ्नो नाम पनि बताउन चाहँदैनन्। एक डाक्टरले भनेका छन्, ‘अहिले माहामरीले मृत्युदर कम छ, यस्तै अवस्था रहे स्थिति भयावह हुन्छ।’
डाक्टरले नै संक्रमण फैलिने जोखिम
अहिले भारतमा धेरै स्वास्थ्यकर्मीहरू स्तरीय स्वास्थ्य सामग्रीको अभावमा कोरोना संक्रमित बनेका छन्। यसैले स्वास्थ्यकर्मीहरूबाटै संक्रमण फैलने खोजिम उच्च छ। कतिपय ठूला अस्पतालका २–३ सय सिनियर र जुनियर डाक्टरहरू सँगै खाना खाइरहेका र एउटै होस्टलमा बसिरहेका छन्। यसबाट संक्रमण फैलिने जोखिम उच्च भएको हिन्दूराव अस्पतालका एक डाक्टरले बताए।
‘हामीसँगै धेरै जना सँगै खान्छौं, एउटै होस्टलमा बस्छौं। पीपीईबिनै बिरामी हेर्नुपर्ने अवस्था छ। यदि एक जनालाई मात्र संक्रमित भए भने सबै संक्रमित हुन्छन्,’ उनले भने, ‘हामीसँग पीपीई छैन, रेनकोट लगाउनु परिरहेको छ। मानिसहरू आतंकित हुँदै पीपीई खरिद गरिरहेको छन्। तर, जसलाई यसको धेरै आवश्यकता छ, उसैले पाइरहेको छैन। पिएम कोषमा ५० करोडभन्दा बढी जम्मा भइसकेको छ, त्यो कहिले खर्च गर्नेरु कि जम्मा मात्रै गर्ने ?
डाक्डरहरु भन्छन्, यो फिजिकल लडाइँ होइन, यो टेक्निकल लडाइँ हो। यसमा जोश देखाउने र हिरो बन्ने प्रयासहरूले कुनै फाइदा हुनेछैन।
बिहारको नालन्दका गान्धीका अनुयायी सौरभ राज डाक्टरहरूका लागि पीपीई खरिद गर्न पैसा जम्मा गरिरहेका छन्। नालन्दमा विचौलियाहरू पीपीई लुकाएर मोटो रकम असुल्न लागि परेको उनी बताउँछन्। पीपीई उपलब्ध भएपनि दुई गुणाभन्दा बढी महँगो भएको उनले बताए। तर, मास्क पाउनै छाडेको उनी बताउँछन्।
पटना मेडिकल कलेज एन्ड हस्पिटलका एक डाक्टरले त्यहाँको स्थिति निकै गम्भीर भएको बताएका छन्। उनी भन्छन्, ‘कोही पनि मर्न चाहँदैन, हामीलाई आत्महत्याको मिसनमा नपठाइयोस्।’ (बिबिसीबाट)







