समस्यमा परेका जाजरकोटलाई उद्धार गर्नेलाई आचार्यले दिए धन्यवाद

जाजरकोटका मजदुर हरुलाई सहयोग र समन्वय गर्नु हुने यहाँहरु सवैमा हृदयदेखी आभार प्रर्कट गर्द छु । जाजरकोट वाट काठमाण्डौ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, लम्जुङ, तनहु र पर्साको वीरगंजमा काम गरिरहनु भएका मजदुर साथिहरु लकडाउनका कारण समस्यामा परेको खवरपछी उहाहरुलाई विभिन्न ढंगले सम्पर्क गरियो ।

भानुनगरपालीका तनहु मा खगेनकोटका धन बहादुर चदारा लगायतको समुह लाई आवश्यक सहयोग र समुन्वय गर्न तनहुको पार्टी नेता कमरेड विष्णु भक्त सिग्देल लाई अनुरोध गरेको थिए अहाले धनबहादुर चदारा लाई फोन सम्पर्क गरी सम्बन्धित पालीका प्रमुख समेत संग समन्य गरी सहयोग गर्नु भएको छ ।

लमजुङ्ग को बेशीशहर नगरपालीका वडा नं २ को गैरीमा पुलको काम गरी बसेका गणेश रावल सहित ३० जनाको समुह छ । त्याहाको मेयर सिंह बहादुर थापा लाई आजै विहान कुरा गरीयो र गणेश जी लाई मेयरसंग सम्पर्क गराईयो सिंहबहादुर जीले हार्दिकता पुर्वक सहयोग गर्ने आजै उहाहरुलाई आवश्यक पर्ने रासन ब्यवस्था गर्ने वचन दिनु भएको छ । काभ्रेको मण्डन देउपुर वडा नं १ मा काम गर्ने भुरका गौरी बहादुर खत्री सहतिको समुह लाई ब्यवस्थापन गर्न त्याहाको मेयर टोक बहादुर वाईवा लाई हिजो फोन गरेको थिए आज विहानै टोक बहादुर जीले मलाई फोन गरेर साथिहरुलाई सम्पर्कमा पठाईदिन भन्नुभयो गौरी जी लगायत मजदुर साथिहरु मेयरको सम्पर्कमा जानु भयो उहाँहरुको आधारभुत ब्यवस्थापन हुने भएको छ ।

काभ्रेकै चौरी देउराली वडानं ४ मजुवामा पुन्माका डम्मर चन्द हरुको समुहले काम गरिरहेको छ । काभ्रेको नेता लेख राज गौतम लाई उहाँहरुको ब्यवस्थापनको लागी जिम्मा दिईएको थियो लेखराज कमरेड ले उहाहरुलाई आजै सम्वर्क गरी पालीका प्रमुख संग समन्वयगरी सक्नु भएको छ । काभ्रेको रोशी गाउपालकिा मा पुन्मा का मदन शाही समेत ९ जनाको समुह काम गरिरहेको छ उहाँहरु त्याहाको वडा कार्यालयको सम्पर्कमा गैसक्नु भएको छ आवश्यक सहयोग त्यावाट पाउनु हुने छ । थप आश्यक सहयोगका लागी युवा संघको नेता अमित जीलाई कुरा गरेको छु ।

वीरगंज उपमहानगर पालीका वडा नं २५ ड्राईपोट मा जगतिपुर का दल बहादुर वि क लगायत ९ जनाको समुह छ । त्याहाका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बहादुर बस्नेत लाई कुरा गरी उहाँको सम्पर्कमा पठाईएको छ । जाजरकोट फर्काउने पास दिन सकएन लकडाउन खुल्लने बेला सम्मका लागी उनिहरुको रासन लगायत को ब्यवस्थापन गर्न लगाउछु भन्नु भएको छ । पार्टीको स्थानिय नेता अरविन्द्र सिंह लाई थप आव्श्यक सहयोग गरीनि अनुरोध गरेकोछु ।

काठमाण्डौ माहानगरपालीका वडा नं ३२ वालकुमारीपुल नजिक बसेका खगेनकोटका तिलक कामी सहितको टोली लाई रासन लगायतको ब्यवस्थागर्न हिजै वडा अध्यक्ष लगायत लाई साथिहरुले सम्पर्क गर्नु भएको थियो तर आज सम्म पनि उनिहरुको ब्यवस्थापन हुने कुरामा ढिलाई भयो । उनिहरुलाई खाने भन्दा पनि बस्नेकुराको समस्या परेको छ । त्यहि क्षेत्रमा बस्ने भएकाले पार्टीको केन्द्रीय सदस्य तथा मानीय रामकुमारी झाक्री ले आज समन्य गरीरहनु भएको छ । पार्टी केन्द्रीय सदस्य तथा काठमाण्डौको ईन्चार्ज सावित्रा भुसालले हामि आवश्यक सहयोग गर्छौ महानगरको वडाले पनि सहयोग गर्छ भन्नु भएको छ । आशा गरौ भोली सम्ममा उनिहरुले सहयोग पाउने छन ।

भक्तपुरको नयाँठिमी कमेरेटारमा रहेका ललीत वि क सहितको करीव ४० जनाको समुह छ उनिहरुलाई घर फर्कने पास ब्यवस्था हुन सकेन गृहमन्त्रालयको निर्देशन अनुसार दुईदिन अधि देखी बन्द भएको छ । उहाहरु वडाकार्यालयको सम्पर्कमा जानु भएको वडाकार्यालयले नेपाल सरकारले ब्यवस्था गरेबमोजिम पालीका का तर्फवाट राहात पाउनु हुने छ ।
आज नुवाकोट र सिन्धुपाल्चोकमा भएका साथिहरुसंग सम्पर्क हुन सकेन । उहाँहरुलाई सम्पर्क र सहयोगका लागी आव्श्यक समन्वय निरन्तर गरिने छ ।

निरज आचार्य
केन्द्रीय सदस्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
२०७६ चैत्र २१





error: Content is protected !!