सातै स्थानीय तहमा बेड दिदै पुर्व सभाषद शाह

हेमन्त केसी
जाजरकोट ,  कोरोनाको जोखिम बढीरहेको समयमा पुर्व सभाषद् राजिवविक्रम शाहले जाजरकोट सातै वटा स्थानीय तहका स्वास्थ्य संस्थालाई बेड दिने बताउनुभएको छ ।

प्रत्येक पालिकामा ५ वटाका दरले बेडहरु वितरणको तयारी भईरहेको बताउनुभयो । विरामी सुताउनका लागि आवश्यक पर्ने ३५ वटा वेडहरु वितरण गर्न लागेको उहाँले बताउनुभयो ।

काठमाडौँबाट शुक्रबार जाजरकोट पठाउन लागिएको छ । उक्त सामग्री कुशे गाउँपालिकाले ढुवानी भाडा व्यहोर्ने गरी जाजरकोट ल्याउन लागिएको छ ।

यो भन्दा अगाडी सिन्धुपाल्चोकका ७२ जना मजदुरलाई उद्धार गरी जाजरकोट र रुकुम पश्चिममा पठाएको बताउने शाहले भोली मात्र भक्तपुरका मजदुरलाई खाना उपलव्ध गराउन लागेको जानकारी गराउनुभयो ।

त्यस्तै प्रदेश अस्पताललाई आधुनिक १५ वटा वेड उपलव्ध गराउन लागेको समेत उहाँको भनाई छ ।कोरोनाबाट समस्यमा परेको बेला शाहको यो सहयोगलाई सवैले सम्मान गरेका छन् ।





error: Content is protected !!