युनिट एक्सन टिम मार्फत काम गरिँदै

रुकुम पश्चिम ः रुकुम पश्चिमको बाँफिकोट गाउ“पालिका २ नम्वर वडाले युनिट एक्सन टिम मार्फत कोरोना भाइरस (कोभिड–१९) विरुद्ध विभिन्न काम गरिरहेको छ ।
हरेक टोल अर्थात २० देखि ३० घर परिवारको एउटा युनिट बनाएर एक जना लिडर र ४ जना अरु सदस्य सहितको युनिट एक्सन टिम बनाइएको छ । वडाभरी यस्तो युनिट एक्सन टिम २१ वटा छन् । यी नै २१ वटा युनिट एक्सन टिम मार्फत वडामा कोरोना विरुद्धका विभिन्न काम गरिरहेको वडाध्यक्ष धनबहादुर खत्रीले बताउनुभयो ।
साबुन र मास्क वितरणको साथै क्वारेन्टाइनमा बस्नुपर्ने कारण, कोरोनाबाट बच्ने उपाय, भिडभाड नगर्न अनुरोध गर्ने लकडाउनलाई परिपालन गर्ने गराउने, विवरण संकलन गर्ने काममा पनि युनिट एक्सन टिम खटिएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
विशेष गरी युनिट एक्सन टिमले ४ वटा आरलाई आधार मानेर काम गरिरहेको वडाध्यक्ष खत्रीले बताउनुभयो ।
पहिलो आरबाट हरेक टोलका परिवारको रेकर्ड राख्ने, बसिरहेको वा यात्रा गरेको बारेमा जानकारी लिने, दोस्रो आरबाट टोल तथा परिवारका सदस्यको पहिचान, बालबालिका, जेष्ठ नागरिक अपांग, गर्भवती, विरामीको विवरण राख्ने हो । तेस्रो आरबाट लकडाउनका बेलामा परिचालन गर्ने जानकारी गराउने हो ।
घरभित्र बस्ने,सरसफाईको सूचना प्रवाह गर्ने पानी भर्न पालो लाउने जस्ता कुरा पर्छन् र चौथो आरबाट रिपोर्टिङ गर्ने हो । कसैलाई कोरोनासँग मिल्ने लक्षण देखिएमा सम्बन्धित निकायमा रिर्पोर्टिङ गर्ने, अस्पताल पु¥याउने जस्ता काम गर्ने हो ।
वडा कार्यालयले जनकल्याण माविमा ६ बेडको क्वारेन्टाइन समेत बनाएको छ । भारत तथा अन्य तेस्रो मुलुकबाट आउनेहरुलाई राख्नका लागि क्वारेन्टाइन बनाइएको हो । केही समय अघि भारतका विभिन्न ठाउ“बाट केही आएपनि पछिल्लो समय भने कोही आएको छैन । यस अघि आएकालाई पनि विद्यालयको क्वारेन्टाइनमा नबसेपनि होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको कार्यपालिका सदस्य मनबहादुर वादीले जानकारी दिनुभयो ।
वडामा कोरोना भाइरस विरुद्धका विभिन्न जनचेतनामूलक कार्यक्रमहरु भइरहेको वादीले बताउनुभयो । कर्णाली प्रदेशले बाँफिकोट गाउ“पालिका हुँदै वडामा पठाएको चार वटा आरको परिपालना गरेर २ नम्वर वडामा काम गरिरहेको उहाँको भनाई छ ।





error: Content is protected !!