जनप्रतिनिधिको भत्ताबाट विपत कोष स्थापना

रेशमबहादुर खड्का
जाजरकोट , २० चैत ः जुनिचाँदे गाउँपालिकाका जनप्रतिनिधिहरु, कर्मचारीको ५ दिन सम्मको तलव भत्ताबाट विपत रु १० लाखको विपत कोष स्थापना गर्न लागिएको छ ।

कोरोना भाईरसबाट जोगिन लागि सवै जनप्रतिनिधि र कर्मचारीको श्रेणी अनुसारको पाउने तलव ,भत्ताबाट विपत कोषमा जम्म गरी जनतालाई सेवा प्रवाह गर्न लागिएको गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्यले जानकारी दिनुभयो । त्यस्तै जुनिचाँदे गाउँपालिकाका सवै करारका कर्मचारीको लागि प्रतिकर्मचारी रु ५ लाखको जीवन विमा गर्न गर्ने समय निर्णय भएको छ ।

त्यस्तै जुनिचाँदे गाउँपालिका – ५ स्यालामा सामुदायिक स्वास्थ्य एकाई स्थापना गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । असाह्य बर्ग , गरीव तथा वेरोजगारलाई खाद्यान्न लगायतका सामग्री वितरण गर्ने उहाँले बताउनुभयो ।





error: Content is protected !!