के हो व्यक्तिगत सुरक्षा सामग्री ?

दिपक ओली
कुनै पनी पेशाकर्मी ले सेवाप्रदान गर्दा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न तथा सेवामा गुणस्तर कायम राख्न प्रयोग गरीने सुरक्षाका साधनलाई पीपीई (व्यक्तिगत सुरक्षा सामग्री० भनिन्छ ।

काम गर्दा कामसंग सम्वन्धित जोखिम तथा दुर्घटना का कारण लाखौ अंग भंग र हजारौ को मृत्यू भए पछी विश्व स्वास्थ्य संगठन ( डव्लुएचऔ) ले सन् १९५३ मा पेशागत स्वास्थ्य सुरक्षाको निति अबलम्बन गरेको छ । बिश्व भरका श्रमिक तथा पेशाकर्मी को दिनानुदिन पेशागत जोखिमका कारण अंगभंग हुने तथा ज्यान गुमाउने संख्या बढिरहेको छ ।

यसको न्यूनिकरण गर्नको लागि सन् १९६० मा अन्तराष्ट्रिय श्रम संगठन ( आईएलओ) को स्थापना भएको छ । नेपालले पनी अन्तराष्ट्रिय श्रम संगठन ( आईएलओ) को सदस्यता लिदै श्रम ऐन २०४८ ल्याएर २ जेष्ठ २०५३ देखी कार्यान्वयनमा आयको छ । पीपीई सबै क्षेत्रका श्रमीक तथा सेवा प्रदायक का लागि जरुरी हुन्छ उच्च जोखीम क्षेत्रमा काम गर्नेहरुका लागि पीपीई अनिवार्य हुन्छ ।

भौतिक सुरक्षाका साधन मास्क , चस्मा ,हेल्मेड , पन्जा , बुट , गाउन , लाईफ ज्याकेट आवश्यक पर्दछन भने रासायनिक रुपमा सेनिटाइजर , अक्सीजन , डिसइन्फेक्टेन्टको आवश्यकता पर्दछ । साथै सामाजिक सुरक्षाको लागी क्षतीपुर्ती , बिमा , प्रोत्साहन र भय रहित वातावरणमा काम गर्ने ब्यबस्था हुनु पर्दछ ।

बिशेष गरी जनता संग प्रत्यक्ष सम्ंपर्कमा रहेर काम गर्नु पर्ने स्वास्थ्य क्षेत्रमा यसको विशेष महत्व हुन्छ । सेवामा गुणस्तर कायम गर्न र सेवा लिने र दिने दुबैको सुरक्षा को लागि ( पीपीई) अनिबार्य छ । पीपीई बिना को स्वास्थ्य सेवा गुणस्तरीय हुन सक्दैन ।
एउटा स्वास्थ्यकर्मी कुनै रोगबाट संक्रमित छ भने उसले हजारौ सेवाग्राहीलाई रोग सार्दछ भने एउटा दक्ष जनशक्ती राज्यले गुमाउनु पर्ने हुन सक्दछ ।

त्यसैले सेवा लिने र दिने नाममा पीपीई बिनाको सेवा लिन पनी हुदैन र दिन पनी हुदैन यसको लागि जनचेतना बढाउन जरुरी छ ।





error: Content is protected !!