स्वास्थ्य समस्य देखिएपछि डोल्पामा दुई कर्मचारी निगरानीमा

डोल्पा । स्वास्थ्य सेवा कार्यालयमा शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका दुई कर्मचारीलाई भर्ना गरी उपचार सुरु भएको छ ।
उच्च ज्वरो आएको र अन्य लक्षण पनि देखिएपछि दुई जनालाई अस्पतालमा राखेर उपचार कार्य सुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिनुभयो ।

ज्वरो, खोकी, आँखा दुख्ने, नाकबाट पानी बग्ने जस्ता लक्षणहरु देखिएपछि उपचारका लागि भर्ना गरिएको हो । ती कर्मचारीहरू लकडाउन हुनुभन्दा पहिला नेपालगन्जबाट डोल्पा आएकोले पनि थप चेक जाँचको लागि राखिएको हो ।

अहिले बिरामीको अवस्था सामान्य नै भएको तर केही लक्ष्यणहरु कोरोनाका लक्षणसँग मिल्दा जुल्दा देखिएकोले सजकताको लागि अस्पतालको आइशोलेसनमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । प्रजिअ सुनारले भने ‘बिरामीको नमुना भोलि प्रदेशमा पठाउने तयारीमा छौ, बिरामीको अवस्था जटिल नभएको चिकित्सकले जानकारी दिएका छन्’





error: Content is protected !!