जनचेतनासँगै सवैलाई सावुन वितरण

जाजरकोट ः जाजरकोट छेडागाड नगरपालिका वडा १२ मा कोरोना विरुद्धको घरदैलो अभियान तिव्र पारिएको छ ।
पहिलो चरणमा वडामा ८ सय ६९ घरधुरीलाई सावुन वितरण गरिएको वडा अध्यक्ष प्रेमबहादुर खत्रीले जानकारी दिनुभयो । जनचेतनाका लागि घर , घरमा पुगेको पर्चा वितरण गरी कोरोनाबाट जोगिने उपायका विषयमा छलफल गदै सचेतताको लागि वडा अभियान सञ्चालन गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।








