लक डाउनको समयमा भाडा नलिने उद्योग बाणिज्य संघको निर्णय

जाजरकोट , उद्योग बाणिज्य संघ , जाजरकोटले कोरोना भाईरसका कारण लक डाउनको समयमा भाडा नलिने निर्णय गरेको छ ।

संघका पदाधिकारीको आज भएको छलफलबाट लक डाउनको समय भित्रको भाडा नलिने निर्णय गरेको महासचिव ईश्वरी खत्रीले जानकारी दिनुभयो ।

जिल्ला कार्य समितिका सवैको घरमा भाडामा वस्ने कसैको भाडा नलिने र स्थानीय तहमा रहेका बाणिज्य संघका शाखाहरुलाई पनि लक डाउनका समयमा ५० प्रतिशत भाडा लिन आग्रह गरिएको संघका अध्यक्ष कर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

आज एक विज्ञप्ति जारी गरी यस महाविपतीको समयमा सवैलाई जोगिन र जोगाउन समस्य भईरहेको समयमा कोठा भाडा बस्नेलाई छुट दिदा राहत महसुस हुँने भन्दै यो निर्णय गरिएको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!