कोरोना अपडेट ः यी हुन् बढी प्रभावित १५ देश

काठमाडौं ः कोरोना भाइरस (कोभिड–१९) को संक्रमण विश्वका १७० देशमा फैलिएको छ। बुधबार साँझ यो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोना भाइरसको संक्रमण २ लाख ६ हजार ८ सय ४५ जनामा देखिएको छ। भाइरसका कारण ८ हजार २ सय ७२ जनाको मृत्यु भइसकेको छ। यस्तै ८२ हजार ८ सय ८९ जना उपचारपछि निको भएका छन्।

बुधबार मात्रै विभिन्न देशमा गरेर ८ हजार ६ सय २४ जना नयाँ बिरामी भेटिएका छन् भने ३ सय ५ जनाको मुत्यु भएको छ।

विश्वमा सबैभन्दा बढी संक्रमित देशहरु
१ चीन
चीनमा अहिलेसम्म ८० हजार ८ सय ९४ जनामा कोरोनाको संक्रमण देखिएको छ। बुधबार १३ जना नयाँ बिरामी थपिएका छन्। चीनम अहिलेसम्म ३ हजार २ सय ३७ जनाको मुत्यु भैसकेको छ भने बुधवार मात्र ११ जनाको मृत्यु भएको छ।

२ इटाली
इटलीमा यो समाचार तयार पार्ने समयसम्म ३१ हजार ५ सय ६ जना बिरामी संक्रमित छन्। कोरोना भाइरसका कारण २ हजार ५ सय ३ जनका मुत्यु भएको छ। बुधबार कुनै पनि नयाँ बिरामी नथपिएको इटाली अधिकृतहरुले जनाएका छन्।

३ इरान
इरानमा अहिलसम्म १७ हजार ३ सय ६१ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ। बुधबार मात्र १ हजार १ सय ९२ जना नयाँ बिरामी थपिएका छन्। इरानमा कोरोना भाइरसका कारण १ हजार १ सय ३५ जनाको मृत्यु भएको छ। बुधबार १ सय ४७ जनाको मुत्यु भएको तथ्यांक छ।

४ स्पेन
स्पेनमा १३ हजार ७ सय १६ जना संक्रमित भएका छन् भने बुधबार १ हजार ८ सय ९० जना नयाँ बिरामी थपिएका छन्। त्यस्तै अहिलेसम्म स्पेनमा ५ सय ९८ जनाको मुत्यु भैसकेको छ। बुधबार ६५ जनाको मृत्यु भएको छ।

५ जर्मनी
जर्मनीमा १० हजार १ सय २० जना बिरामी संक्रमित छन्। बुधवार ७ सय ५३ जना नयाँ बिरामी थपिएका छन्। जर्मनीमा कोरोनाका कारण अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ।

६ दक्षिण कोरिया
दक्षिण कोरियामा ८ हजार ४ सय १३ जना संक्रमित भैसकेका छन्। बुधबार मात्र ९३ जना नयाँ बिरामी थपिएका छन्। दक्षिण कोरियामा अहिले सम्म मुत्यु हुनेको संख्या ८४ जना रहेको छ। बुधबार ३ जनाको मुत्यु भएको छ।

७ फ्रान्स
फ्रान्समा अहिलेसम्म ७ हजार ७ सय ३० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। यो भाइरसका काररण फ्रान्समा १ सय ७५ जनाको मृत्यु भएको छ।

८ अमेरिका
संयुक्त राज्य अमेरिकामा हालसम्म ७ हजार ७ सय ३० जना संक्रमित भएका छन्। बुधबार अमेरिकामा ८ सय ९० जना नयाँ बिरामी थपिएका छन्। अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण १ सय १६ जनाको मृत्यु भएको छ। बुधबार मात्र ७ जनाको मृत्यु भएको छ।

९ स्विटजरल्यान्ड
स्विटजरल्यान्डमा हालसम्म २ हजार ७ सय ४२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसका कारण त्यहाँ २७ जनाको मृत्यु भएको छ।

१० नेदरल्यान्ड
नेदरल्यान्डमा हालसम्म २ हजार ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसका कारण ५८ जनाको मृत्यु भइसकेको छ। बुधबार मात्र १५ जनाको मृत्यु भएको हो। बुधबार नेदरल्यान्डमा ३ सय ४६ जना नयाँ बिरामी थपिएका छन्।

११ युके
युकेमा १ हजार ९ सय ५० जनामा संक्रमण देखिसकेको छ भने मुत्यु हुनेको संख्या ७१ पुगेको छ।

१२ नर्वे
नर्वेमा भाइरसका कारण ६ जनाको मृत्यु भएको छ। भाइरसको संक्रमण १ हजार ५ सय २७ जनामा छ। बुधबार ३ जनाको मृत्यु भएको हो।

१३ बेल्जियम
बेल्जियममा १ हजार ४ सय ८६ जना सक्रमित भएका छन्। बुधबार मात्र २ सय ४३ जना नयाँ बिरामी थपिएका छन्। बेल्जियममा मुत्यु हुनेको संख्या १४ पुगेको छ। बुधबार ४ जनाको मृत्यु भएको हो।

१४ अष्ट्रिया
अष्ट्रियामा कोरोना भाइरसको संक्रमण १ हजार ४ सय ७१ जनामा देखिएको छ। भाइरसका कारण अष्ट्रियमा ३ जनाको मृत्यु भएको छ।

१५ स्विडेन
स्विेडनमा हालसम्म १ हजार २ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसका कारण स्विडेनमा ८ जनाको मृत्यु भएको छ।





error: Content is protected !!