हाम्रो साईनो

साइनो नं ७
ठुला मिठा भाषण
असीमित आश्वासन
स्वदेशी नौलो उपहार ।
साइनो ८
परिक्षार्थीको दौड
चौतर्फी उच्च तनाब
अभिभावकलाई चिन्ता
साइनो नं ९
जिर्ण स्कुल भवन
भुइ माथीको बसाइ
उच्च उपलब्धिको खोजी ।
साइनो नं १०
उकालोको हिडाइ
थकित शरीर संगै
उच्च शिक्षा पाउने लक्ष्य ।
साइनो नं ११
हिउँको शुद्ध पानी
फूर्तिलो शरीर अनि
अर्गानिक साधा जिन्दगी ।
साइनो नं १२
अन्तिमको निर्णय
लथालिङ्ग अबस्था
सबैको फर्कने तयारी ।
जयकृष्ण हमाल , ठुलिभेरी नगरपालिका डोल्पा ।





error: Content is protected !!