रक्तश्रावका कारण सुत्केरी विकको मृत्यु

जाजरकोट , मंगलबार बेलुकी नलगाड नगरपालिका – १२ औलगुत्ता स्वास्थ्य चौकीमा सुत्केरी भएकी रुकुम पश्चिम आठविसकोट नगरपालिका – ६ दामाचौरकी २७ वर्षिय बिष्णु विकको मृत्यु भएको छ ।
आज विहान १० बजे विकको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको उहाँका श्रीमान् रविलाल विकले जानकारी दिनुभयो । सुत्केरी भएदेखि निरन्तर रगत बगिरहेको भएपनि प्रभावकारी उपचार नहुँदा विकको मृत्यु भएको पीडित रविलालले जानकारी दिनुभयो । यो भन्दा अगाडी विकका तीन छोरा रहेका छन् ।
स्वास्थ्य संस्थामा एक जना अनमी मात्र उपचारमा खटिएको कारण प्रभावकारी उपचार नभएको पीडितको आरोप छ । हिजो जन्मिएको छोरा सकुसल रहेको उहाँले जानकारी दिनुभयो ।








