मिर्गौला फेल भएको कसरी थाहा पाउने जानौं

आज विश्व मिर्गौला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । दिवसको अवसरमा मार्क इन्टरनेशनल किड्नी सेन्टरले आज प्रभात फेरि निकालेको छ ।
विश्वमा सबैभन्दा धेरै लाग्ने रोग मध्ये एक बनेको मिगौंला सम्बन्धी समस्याका कारण विश्वभर ८ करोड ५० लाख भन्दा बढी मानिसहरु ग्रसित छन् । पछिल्लो समय नेपाल सहित विश्वभर नै मिर्गौला रोगीको संख्या बढ्दैै छ । बालबालिका, युवा, प्रौढ, सबै उमेर समूहका मानिसमा मिर्गौलाको समस्या देखिदै आएको छ । मिर्गौला बिग्रने कारण, यसका लक्षण र बच्ने उपाए बारे मिर्गौला रोग विशेषज्ञ डा। अर्चन शम्शेर राणाको सुझाव यस्तो छ । मिर्गौला हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो । मानव शरीरमा मिर्गौला दुई वटा हुन्छन् ।
विविध कारणले मिर्गौलाले सही र सन्तुलित तरिकाले काम गरेन भने मिर्गौलामा त रोग लाग्छ । यदि मिर्गौला बिरामी भए अन्य अंगमा पनि गम्भीर प्रकृतिका रोग लाग्न सक्छ । यसर्थ मिर्गौलालाई स्वस्थ राख्न सधै सचेत रहनु पर्छ । मिर्गौलाले यस्तो काम गर्छ स् मिर्गौलाले हामीले खाएको वा शरीरभित्र पसेको कुरा जुन काम लाग्दैन त्यसलाई बाहिर पठाउने काम गर्छ । साथै रगतमा भएको फोहोरलाई पिसाबको माध्यमबाट बाहिर पठाउँछ ।
शारीरमा पानीको मात्र सन्तुनल कायम गराउँछ । रेनिन नामको इन्जाइम उत्पादन गर्ने भएकाले उच्च रक्तचापबाट बचाउँछ । भिटामिन डी उत्पादन गर्ने भएकाले हड्डी बलियो बनाउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । मिर्गौला बिग्रने मुख्य कारण
मधुमेह, उच्च रक्तचाप लगायत समस्या ।
२ शरीरमा पानीको कमी
३ क्षणिक दुखाई कम गर्ने पेनकिल्लर लगायतका औषधिको धेरै प्रयोग ।
४ वंशाणुगत
५ धुम्रपान तथा मध्यपान । ६ धेरै गर्मीमा लामो समय काम गर्नु
मिर्गौलामा बिग्रदा देखिने लक्षण
छिटोछिटो पिसाब लाग्ने । २ पिसाब धमिलो देखिने तथा फिज आउने । ३। मुख सुख्खा हुने । ४ हात खुट्टा सुनिने । ५।रक्तअल्पता हुने । ६ भोक नलाग्ने वा धेरै लाग्ने । ७ रिंगाटा लाग्ने वा वाक्वाकी लाग्ने । ८ कुनै पनि रोग लागे औषधि सेवन गर्दा पनि चाडो निको नहुने । मिर्गौला रोग लाग्नै नदिन यसो गर्ने यो रोग सामान्य रोग होइन ।
एक पटक लागेपछि ठीक हुन गाह्रो हुने र अर्को लक्षण निकै ढिला मात्र देखा पर्ने भएकाले मिर्गौलालाई स्वस्थ राख्न हरदम चनाखो रहनु पर्छ । परिवारमा कसैलाई यो रोग लागेको भए मिर्गौलाको नियमित परीक्षण गराउने । स्वस्थ व्यक्तिले पनि प्रत्येक वर्ष एक पटक मिर्गौलाको परीक्षण गर्ने । स्वच्छ पानी प्रशस्त पिउने । स्वस्थ खानपान गर्ने । सक्रिय जीवनशैली अपनाउने । नियमित व्यायम गर्ने । विशेषगरी बालबालिकालाई प्रत्येक पटक ज्वारो आउँदा पिसाब परीक्षण गराउने ।










