८ मार्च ः जयन्तीको सहयोगमा बालबालिको खुसी

जाजरकोट, गरिवीको रेखामुनी रहेका यहाँका सातै वटा स्थानीय तहका १७ बालिबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।
८ मार्च अर्थात ११० औं अन्तर्राािष्ट्रय श्रमिक महिला दिवसको अवसरमा अमेरिकामा रहेकी जयन्ती थापाले सो शैक्षिक सामग्री उपलव्ध गराउनुभएको हो । पढाई , लेखाईमा सहजता ल्याउनका लागि थापाले रु २५ हजार बरावरको सामग्री उपलव्ध गराएको सहजिकरण गरिरहनुभएका नेपाल पत्रकार महांसघ , जाजरकोटका सल्लाहकार जनक केसीले नेपालपोष्टलाई जानकारी दिनुभयो ।
दैलेख जन्मघर भएर सुर्खेतमा हुर्कदै रुकुम पश्चिम आठविसकोट नगरपालिका राडी विवाह गरेर हाल संयुक्त राज्य अमेरीकामा बस्दै आउनुभएकी जयन्तीले आर्थिक रुपमा पछि परेको जेहेन्दार विद्यार्थीहरुलाई मार्च ८ को सन्दर्भमा सो सामग्री वितरण गर्नुभएको हो ।
सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयमा आईतबार भेरी नगरपालिकाकी नगरउपप्रमुख भावना भन्डारीको उपस्थितीमा हस्तान्तरण गरिएको सल्लाहकार केसीले जानकारी दिनुभयो । कक्षा १२मा पढ्ने ९ जना र कक्षा ११ मा पढ्ने ८ जना विपन्न विद्यार्थीहरुलाइ प्रति विद्यार्थी १५ सय वरावरका सम्वन्धित विषयका किताव, कलम, कापी लगाएतका अन्य शैक्षिक सामग्रीहरु उपप्रमुख भन्डारीले भण्डारीले हस्तान्तरण गनुभयो ।
दुख र पीडा एवं समस्यमा परेका नेपालीलाई सहयोग गर्दा आफुलाइ शान्ति र आराम मिल्ने भएकोले परदेशी भुमिवाट सकेको सहयोग गर्ने गरेका जयन्ती थापाको भनाई छ ।










