गर्भवतीहरु भन्छन् ः जीवनमा पहिलो पटक भिडियो एक्सरे

हेमन्त केसी
जाजरकोट ,  आर्थिक अस्था कम्जोर भई स्वास्थ्य संस्था आउन नसक्ने गर्भवती महिलालाई गाउँ , गाउँमा निशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ ।

भेरी नगरपालिकाले स्वास्थ्य संस्था आउन नसक्ने गर्भवती महिलालाई गर्भजाँच गर्न निशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको हो । भिडियो एक्सरे गरी गर्भजाँच गर्ने अधिकांश महिलाहरु जीवनमा पहिलो पटक भिडियो एक्सरे गरेको बताएका छन् ।
भेरी नगरपालिका–११ कट्टी गाउँकी १६ बर्षीय रमिता कामीले भन्नुभयो , “ भिडियो एक्सरे कस्तो हुन्छ भन्ने थाहा थिएन , अहिले पहिलो पटक गाउँमै आफैले सेवा लिएर थाहा पाए । हामीसँग पैसा नभएका कारण भिडियो एक्सरे गर्ने चहाना हुँदा हुँदै पनि घरमा वस्नु परेको थियो । ”

यहाँ जस्तै अर्की तुली विक अहिले दोस्रो पटक गर्भ जाँच गर्न जगतीपुर स्वास्थ्य चौकीमा आउनुभएको छ । उहाँले पहिलो बच्चा १५ वर्षकै उमेरमा जन्माएर अहिले दुई वर्षको छोरी छिन् । पहिलो पटक जाँच नगरी छोरीको जन्म दिए , अहिले नगरपालिकाले भिडियो एक्सरे गदै छ भन्ने सुनेर भिडियो एक्सरे गर्न आए उहाँले भन्नुभयो , “ यो वर्ष देखि नियमित गर्भजाँच देखि भिडियो एक्सरे सम्म गर्न पाईयो , असाध्य खुसी लागेको छ । ”

अहिले नगरपालिकाले १४ वटै वडाहरुमा गर्भवतीहरुको स्वास्थ्य परीक्षणका साथै भिडियो एक्सरे सेवा गदै आएको छ । सुरक्षित मातृत्व कायम गरि नवजात शिशुको मृत्युदर घटाउन यो अभियान चालिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो । पैसाको अभावमा कोही गर्भवती महिलाको स्वास्थ्य जाँच गर्न समस्य नहोस भनि नगरले यस्ता खालका कार्यक्रम गदै आएको उहाँको भनाई छ ।

नगर प्रवक्ता पार्वती विक भन्नुहुन्छ , “ आमा र शिशुको पोषण सुधार गर्नका लागि गर्भवती आमाको लागि निशुल्क भिडियो एक्सरे सेवा सञ्चालन गदै गर्दा हाम्रो बीचमा डरलाग्दो बाल बिबाहको दृष्य समेत देखिएको छ ।” गर्भवती जाँच गराउने अधिकांश १६ वर्ष देखि २० वर्ष मुनीका रहेको जाँचमा संलग्न डाक्टर भुपेन्द्रप्रकास मल्लले जानकारी दिनुभयो ।

हामी बालविवाह न्यूनिकरणको अभियान चलाईरहदा गाउँ , गाउँमा बालविवाहको अवस्था झन डरलाग्दो भएको पाइएको डाक्टर मल्लको भनाइ छ । गाउँमा सुत्केरी हुँने मध्य अधिकांश महिलाहरु नियमित गर्भजाँच नगराउने तर समस्य परेको बेला मात्र स्वास्थ्य संस्थाको मुख ताक्ने अवस्था रहेको स्वास्थ्यकर्मीको भनाई छ ।

अघिल्लो वर्ष आर्थिक रुपमा पछि परेका स्थानीयवासीको लागि गाउँमै गएर उपचार शिविर राखेको भेरी नगरले यो पटक गर्भवतीलाई गाउँ , गाउँमा भिडियो एक्सरे सेवा दिएको हो ।

आर्थिक रुपमा सवल भएका परिवारले मात्र भिडियो एक्सरेको पहुँचमा रहेको समेत पाईएको छ । एक पटक भिडियो एक्सरे गर्न जाँदा र आउदा मात्र रु ५ हजार भन्दा बढी खर्च भेरी नगरपालिका –१० कालाभुरकी रामकली पुनको भनाई छ । यति धेरै पैसा कहाँबाट ल्याएर हामी गर्भजाँच गराउने उहाँले भन्नुभयो ।

संघ संस्थाका बालविवाह न्यूनिकरणको नारा असफल

जिल्लामा आधा दर्जन संघ , संस्थाहरु बालविवाह न्यूनिकरणको लागि भन्दै आधा दर्शक देखि काम गदै आएका छन् ।  गर्भवतीलाई एक्सरे गर्दा सवै बालविवाह गरेको मात्र उमेर समुहका महिलाहरु गर्भवती भएको पत्ता लागेपछि संघ , संस्थाका कार्यक्रम प्रभावकारी नभएको पत्ता लागेको हो ।

नारामा मात्र बालविवाह न्यूनिकरण भन्दै गाउँ , गाउँमा कार्यक्रम गरेको देखाउने बहुआयमिक मञ्च , सुआहारा , सेभ द चिल्डे«नका कार्यक्रमहरु प्रभावकारी नभएको स्पष्ट देखिएको भेरीमालिका दैनिकका सम्पादक रेशमबहादुर खड्का बताउनुभयो ।
बाल बिबाह न्युनिकरण तथा अधिकार सुनिश्ति गराउन र विद्यालय स्तरमा किशोर–किशोरी यौन अनि प्रजनन् स्वास्थ्य सम्बन्धि दिन शिक्षा दिने एशियन एड अष्ट्रलियाको आर्थिक सहयोगमा वातावरणिय कृषि तथा विकास केन्द्र (केड) नेपालले बहुँ आयामिक विकास तथा अध्ययन मन्चजाजरकोटले गरेका काम प्रभावहिन देखिएको हो ।

७ बर्षदेखि भेरी नगरपालिकाको वडा नम्बर ८, ९, १०, ११ र १२ मा काम गर्दै आएको यस संस्थाले गरेको काम प्रभावकारी नभएको गर्भजाँच गर्न आएका महिलाहरुको उमेरले नै गतल सावित गरिदिएको पाईएको छ । भेरी नगरपालिका – ८, ९ र १०, नलगाड नगरपालिकाको वडा नम्बर ७ र ८ मा अहिले पनि केडकै सहयोगमा बुहँआयामिक मञ्चले गदै आएको छ ।

सदरमुकाम रहेको नगरमा यस्तो समस्य देखिन्छ भने दुर्गम गाउँको अवस्था कस्तो विकराल होला सहजै अनुमान लगाउन सकिने अधिकारकर्मीको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!