मानिसहरु किन देब्रे हातले लेख्छन् 

एजेन्सी– विश्वमा केही मानिसहरु आफ्नो देब्रे हातले लेख्छन् । तर, किन ? यो प्रश्न अब झन् ठूलो पहेली बनेको छ जसबारे अहिलेसम्म भएका वैज्ञानिक खोजहरुले ठोस उत्तर पाएका छैनन् ।

तर, अब बेलायती वैज्ञानिकहरुले आफ्नो शोधमा पाएका छन् कि यसका लागि मानिसको जीन नै जिम्मेवार छ ।

मानिसहरुको डिएनएमा एउटा जीन रहेको हुन्छ जसले मानिसहरुलाई देब्रे हातले लेख्ने बनाउँछ । यसले मानिसको मस्तिष्कको बनावट तथा उसले काम गर्ने तरिका एवं भाषाको क्षमतामा विभिन्न असर पुर्याउँछ ।

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार यही कारणले जो मानिसहरु देब्रे हातले काम गर्छन् वा लेख्छन्, उनीहरु आफ्नो बोलाइ तथा अन्य विषयमा पनि अझ राम्रो पर्फमेन्स गर्न सक्छन् ।

तर, अझै पनि कतिपय प्रश्नहरुको जवाफ आउनै बाँकी छ । यसमा सबैभन्दा ठूलो प्रश्न यो हो कि देब्रे हात वा दाहिने हात जुन बढी प्रयोग भए पनि त्यसले मस्तिष्कको विकासमा कस्तो सम्बन्ध राख्छ

विश्वमा दशजनामा एकजनाले आफ्नो देब्रे हात प्रयोग गरेर काम गर्ने बताइएको हुन्छ ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा पनि देब्रे हातले लेख्थे ।

बेलायतमा गरिएको यो शोधमा चार लाख मानिसहरुलाई सम्मिलित गराइएको थियो । यीमध्ये ३८ हजारमात्रै लेफ्ट ह्यान्डेड अर्थात् देब्रे हात प्रयोग गर्नेहरु थिए । यसबाट वैज्ञानिकहरुले कुन व्यक्तिले कुन हातले काम गर्छ भन्ने कुरा जीनमा आधारित हुने बताएका छन् ।

यो शोधले मानिस देब्रे हात प्रयोगकर्ता हुनुमा कोशिकाको भित्री संरचनालाई बनाउने साइटोस्केलेटनसँग जोडिएको हुने बताएको छ । देब्रे हात बढी प्रयोग गर्नेहरुको मस्तिष्कको दाहिने तथा बायाँ हिस्सा दुवै राम्रोसँग काम गर्ने भएकाले देब्रे हात प्रयोग गर्नेहरुको भाषा राम्रो हुने बताइएको छ ।

सँगसँगै देब्रे हात प्रयोग गर्नेहरु स्किजोफ्रेनियासँग जोडिएको हुने वा ग्रसित हुने पनि बताइएको छ




सम्बन्धित समाचार


error: Content is protected !!