२३६ स्वास्थ्य संस्थालाई १५ शैया प्राथमिक अस्पतालमा स्तरउन्नती गर्न सुचिकृत

देशै भरीका २३६ वटा स्वास्थ्य संस्थालाई स्तरउननती गरी १५ शैयाको अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले सुचिकृत गरिएको छ ।
कर्णाली प्रदेशबाट दैलेखमा ४ वटा , सल्यानमा ५ वटा , जाजरकोटमा २ , हुम्लामा ५ वटा , मुगुमा २ , जुम्लामा २ वटा , डोल्पामा २ वटा , रुकुम पश्चिममा ३ वटा , सुर्खेतमा ३ वटा र कालीकोटमा १ वटा स्वास्थ्य संस्थालाई १५ शैयामा विस्तार गर्न सुचिकृत गरिएको हो ।
यहाँका स्वास्थ्य संस्थालाई स्तरउन्तती गरी भरपर्दो सेवा प्रवाह गर्न यो निर्णय लिईएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिनुभयो । २०७६÷७७ निर्माण गर्नका लागि सूचिकृत गरिएको हो ।
एक हप्ता अघि मात्र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट पश्चिम भ्रमण गरी स्वास्थ्य सेवा सुधारका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।











