फेरामा अतिक्रमित भुमि छोड्न तयार

जाजरकोट , भेरी नगरपालिका १० फेरामा अतिक्रमण गरी निर्माण गरिएका घर ,टहराहरु हटाउन स्थानीयवासीहरु बतार भएका छन् । फागुन मशान्त सम्म सो ठाउँमा रहेका सवै टहरा हटाउन स्थानीयवासी तयार भएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । स्थानीयले बाटो बनाउन प्रजिअ पन्तसँग आग्रह समेत गरेका छन् । सूचना मात्र निकाल्ने तर कसैले पनि छलफल गर्न नआएका कारण वस्ती हटाउन बाध्य नभएको स्थानीयवासीले जानकारी गराएका थिए । प्रजिअ पन्त तीन पटक भन्दा बढी अतिक्रमित भागमा गई छलफल गरेपछि स्थानीयवासीले सो ठाउँ छाड्न तयार भएका छन् ।










