को हुन् प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवा ?

नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ । जुत्ता प्रहार गर्ने व्यक्ति रतन तिरुवा रहेका र उनी जुम्लाको सिँजा गाउँपालिकाको भएको जानकारी प्रहरीले दिएको छ ।

उनी पूर्व माओवादी कार्यकर्ता हुन् । उनलाई पक्राउ गरी प्रहरीले महानगरीय प्रहरी बृत्त सिंहदरबार लगेको छ ।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा राष्ट्रिय सभागृहमा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभा’ मा संवोधन गरेपछि आसनमा फर्कने क्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो ।

प्रचण्डलाई जुत्ता हानेपछि कार्यक्रममा सहभागीले तिरुवामाथि कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यस्तो छ उनको फेसबुकमा

तिरुवाले आफ्नो फेसबुक पेजको कभर फोटोमा विश्व कम्युनिस्ट आन्दोलनका शीर्ष नेताहरु कार्ल मार्क्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओत्सेतुङको संयुक्त तस्बिर राखेका छन् ।

यसैगरी, आफ्नो फेसबुकको ‘इन्ट्रो’ मा उनले लेखेका छन्, ‘जबसम्म सामन्तवादी र पुँजीवादी दुष्टहरुको अन्त्य हुँदैन, तबसम्म सर्बहारा बर्गको अधिनायकत्व प्राप्त हुँदैन ।’




सम्बन्धित समाचार


error: Content is protected !!