रिसाएका ओली ः पछिल्लो विवादमा चुँ बोलेनन्, गोकुललाई धाप

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको राजनीतिक विवाद उत्कर्षमा पुगिरहेका बेला बिहीवार शीर्ष नेताहरू एउटै मञ्चमा देखिए ।

बाग्मती प्रदेशस्तरीय प्रशिक्षण भेलामा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड , वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य ईश्वर पोखरेललगायत नेताहरू राजधानीको एक पार्टी प्यालेसमा एउटै मञ्चमा देखिएका हुन् ।

प्रदेशस्तरीय नेता कार्यकर्ताले पार्टीमा पछिल्लो समयमा देखिएको गत्यावरोधका बारेमा शीर्ष नेताहरू बोल्ने अपेक्षा गरेका थिए ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिश गर्ने पार्टीको निर्णयलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले चुनौती दिएपछि पछिल्लो समयमा नेकपाको एकीकरण प्रक्रिया नै धरापमा परेको विश्लेषण गर्न थालिएको छ ।

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले पार्टीलाई जुनसुकै हालतमा एकढिक्का राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । प्रचण्डपछि अन्तिममा बोलेका ओलीले पनि पार्टीलाई एकजुट हुन नदिन विभिन्न कसरतहरू भइरहेको टिप्पणी गरे ।

ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा केही टिप्पणी गरेनन् । बरू उनले गम्भीर सन्देश दिने खालका केही विषयवस्तुहरू माथि चर्चा गरे ।

गोकुल निर्दोष छन् 

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्वीस कम्पनीका एजेन्टसँग मोलमोलाइ गरेको अडियो सामग्री सार्वजनिक भएपछि आफूमाथि प्रश्न उठेको भन्दै नैतिकताका आधारमा निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिए । अडियोमा उनले हाकाहाकी कमिसनका लागि १ अर्ब लागत बढाउन अनुरोध गरेका थिए ।

बाँस्कोटाको राजीनामापछि पनि उक्त प्रकरण साम्य भएन । प्रतिपक्षी दल मात्र नभएर सत्तापक्षकै कतिपय नेताहरूले थप छानबिन गरेर बाँस्कोटालाई कारवाही गर्नुपर्ने माग राखिरहे ।

तर प्रधानमन्त्री ओलीले बिहीवार भेलालाई सम्बोधन गर्दै गोकुल निर्दोष रहेको बताउन पछि परेनन् । के निहुँ पाउँ, कनिका बुकाउँ भनेजस्तो टेप प्रकरणलाई उछालियो, ओलीले भने, केही प्रमाण छैन, त्यसको सत्यता पुष्टि भएको छैन । स्विसको प्रतिनिधि होइन, फ्रड हो भनेर एम्बेसीले भनिसकेको छ । कुनै सत्यता पुष्टि भएको छैन ।

ओलीले आफ्नो नाममा पनि अख्तियारमा कसैले उजुरी दिएको भन्दै उक्त उजुरी भ्रष्ट उजुरी भएको बताए ।

केक राष्ट्रवाद

केही दिनअघि प्रधानमन्त्रीले आफ्नो जन्मभूमि तेह्रथुमको आठराईमा पुगेर भव्य तरिकाले जन्मदिन मनाएका थिए । उनले जन्मदिन मनाउँदा पार्टीको आचारसंहिता तोडेको भन्दै पार्टीभित्रबाटै व्यापक आलोचना भएको थियो ।

त्यसमाथि नेपालको नक्सा आकृतिको बर्थडे केक हेलिकप्टरमा ओसारिएको विषय अर्को आलोचनाको विषय बनेको थियो । कतिपयले केकलाई नेपालको नक्साकारको बनाएर काटिनुले गम्भीर अर्थ दिने भन्दै आपत्ति प्रकट गरे ।

तर प्रधानमन्त्री ओली आफ्नो गल्ती मान्न तयार छैनन् । भेलामा उनले भने, त्यहाँ बिजुली पुग्यो लेख्दैनन्, पानी पुग्यो लेख्दैनन् । तर केकमा चिन्ता रु धरैपछि आफ्नो ठाउँमा जन्मिएको प्रधानमन्त्री बनेर आउँदैछ भनेपछि त्यहाँका बासिन्दा खुशी भए, उत्सव मनाए । यसमा मेरो के दोष रुु

उनले बरू बाटो लिएर गएको, बैंकको शाखा लिएर गएको दाबी गरे । उनीहरू आए, त्यो दुर्गम ठाउँमा मान्छेहरूले उत्सव मनाए, उनले भने ।

प्रधानमन्त्रीले त्यहाँ कतिपयले केक ल्याएको र आफूले छोएर पठाएको भन्दै आफ्नो देवत्वकरण आफैं गरे । जन्मदिनका दिन जनताले उत्सव मनाएको भन्दै प्रधानमन्त्रीले मन परेको चीजको आकारमा केक बनाउनु आफ्नो गल्ती नभएको स्पष्ट पारे ।

बरू प्रधानमन्त्री ओलीले केकको कुरा गर्नेहरूलाई ुकेक राष्ट्रवादीुको संज्ञा दिए ।

ुनाकाबन्दीका बेलामा आफैं भोकै पर्दा पनि चुइँक्क बोल्न नसक्ने, अहिले केकमा राष्ट्रवाद खोज्ने,ु उनले प्रश्न गरे, ुअहिले ुकेक राष्ट्रवादु देखाउने रु यो कांग्रेसको बेकारको तमासा हो । पार्टीलाई बदनाम गर्न, सरकारलाई बदनाम गर्न नेताहरूको चरित्र हत्या हुन शुरू भइसकेको छ ।

सरकार भ्रष्ट नभएको दाबी

प्रधानमन्त्री ओलीले सरकारमा पुग्ने सबै भ्रष्ट नहुने बताए । ओलीभन्दा अघि बोलेका अर्का अध्यक्ष प्रचण्डले कम्युनिस्ट पार्टी सत्तामा पुगेपछि भ्रष्ट हुने बताएका थिए । तर ओलीले त्यसको प्रतिवाद गरे ।

ुसरकारमा गएपछि सबै भ्रष्ट हुन्छन् भन्ने हुँदैन,ु उनले भने, ुकोहीकोही अपवादका रूपमा भ्रष्ट भयो भने त्यसलाई कारवाही गर्नुपर्छ । राम्राराम्रा काम कम्युनिस्टले छोटो समयमा पनि गर्न सक्छन् भनेर मनमोहन अधिकारीको पालामा पुष्टि भएको छ ।ु

सरकारमा पुग्ने सबै भ्रष्टाचारी नहुने भन्दै उनले आफूलाई असल र सुशासनको हिमायती रहेको जिकिर पेश गर्न कुनै कसर बाँकी राखेनन् ।

गौतमलाई राष्ट्रिय सभामा नलैजाने आफ्नो अडानबारे मौन

पार्टीको निर्णयविपरीत उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा सिफारिश गर्न नसकिने ओलीको अभिव्यक्तिले नेकपाभित्र ठूलो तरंग निम्त्याएको छ । तर बिहीवार त्यससन्दर्भमा ओली चुँइक्क बोलेनन् ।

उनले विभिन्न सन्दर्भमा पार्टीलाई एकजुट हुन नदिन चलखेल भइरहेको बताए । तर आफ्नो अडानबारे एक शब्द पनि बोलेनन् । जबकि उनीभन्दा अगाडि बोलेका कतिपयले सचिवालय एकढिक्का नभएकाले पार्टीका नेता कार्यकर्ताबीच संशय फैलिएको टिप्पणी गरेका थिए ।

पछिल्लो विवादबारे नबोलेर प्रधानमन्त्रीले आफू आफ्नो अडानमा कायमै रहेको सन्देश दिएका छन् । यता सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर अर्थमन्त्री युवाराज खतिवडाले २१ गते राष्ट्रिय सभा सदस्यको शपथ हुने र त्यतिबेलै भेट हुने बताएका छन ।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित हुने एक सीट खाली छ । त्यसमा ओलीले खतिवडालाई नै दोहोर्‍याउन चाहेका छन् भने सचिवालयका अन्य सदस्यले खतिवडाको ठाउँमा गौतमलाई मनोनित गर्नुपर्ने पार्टी निर्णयको बचाउ गरेका छन् ।

सञ्चार माध्यममाथि धावा

पछिल्लो समय प्रधानमन्त्रीले आफ्ना सम्बोधनहरूमा कुनै न कुनैरूपमा सञ्चारमाध्यमको आलोचना गर्ने गरेका छन् । बिहीवार पनि त्यही शैली दोहोर्‍याए । आफू जन्मदिन मनाउन जन्मथलो पुगेका बेलामा आफूले पुस्तौंदेखि काकाकुल बनेको पाँचथरको यासुक र रानीगाउँ पुगेर खानेपानी आयोजनाको शिलान्यास गर्दा जनता खुसी भएको उल्लेख प्रधानमन्त्रीले गरे ।

तर यसलाई पत्रकारले नदेखेको गुनासो उनको छ । ‘जनता खुशी भएको देखेर पत्रकार धुरुधुरु रोए,ु उनले पत्रकारहरूमाथि टिप्पणी गरे ।

ती गाउँमा ३ हजार ३ सय ४३ घर परिवारलाई खान पुग्ने खानेपानी आयोजनाको शिलान्यास गरिएका कारण त्यहाँका जनता खुशी भएको दाबी प्रधानमन्त्री ओलीको थियो । ुत्यहाँ बिजुली पुग्यो लेख्दैनन्, पानी पुग्यो लेख्दैनन् । तर केकमा चिन्ता रुु उनले प्रश्न गरे, ुधरैपछि आफ्नो ठाउँमा जन्मिएको प्रधानमन्त्री बनेर आउँदैछ भनेपछि त्यहाँका बासिन्दा खुसी भए, उत्सव मनाए ।

उनले आफ्नो जन्मदिनमा केक काटेको पत्रकारले देखिनसहेको आरोप लगाए । उनले स्थानीय जनताले कति रकमको भात खाए भनेर पत्रकारले हिसाबकिताब गरेको भन्दै आक्रोशसमेत पोखे ।

मिर्गौला प्रत्यारोपणको केही दिनमै काममा फर्किने जोश 

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूले केही दिनमै मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरेको खुलासा गरे । ुअब केही दिनभित्रमा अर्को किड्नी ट्रान्सप्लान्ट गर्छु, ५ दिन हस्पिटल बस्छु, छैठौं दिनबाट काम शुरू गर्छु,ु उनले यसो भनिरहँदा हलमा ताली बजेको थियो ।

रोगहरूसँग लड्ने आफ्नो जोश जाँगरमा अझै पनि ह्रास आइसकेको छैन भनेर प्रधानमन्त्रीले पुनः पुष्टि गरेका छन् । ुअहिले मान्छेले बिरामी भनिरहेका छन्, मैले १७र१८ घण्टा काम गरिरहेको छु, उनले भने ।

केही साताअघि ओलीले नाम चलेका सञ्चार गृहका सम्पादकहरूलाई बालुवाटार बोलाएर मिर्गौला प्रत्यारोपण गर्ने तयारी चलिरहेको खुलासा गरेका थिए ।




सम्बन्धित समाचार


error: Content is protected !!