आफ्नै केन्द्रमा परीक्षा दिलाउन सांसद पहाडीको माग

माध्यमिक शिक्षा परीक्षामा सहभागी हुने विद्यार्थीलाई आफ्नै परीक्षा केन्द्रमा परीक्षा दिने व्यवस्था मिलाउन पुर्व शान्ति तथा पुर्ण निर्माणमन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले आग्रह गनुभएको छ ।

आजको प्रतिनिधिसभा वैठकको शुन्य समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले शुन्य समयमा बोल्दै भन्नुभयो , केन्द्रध्याक्ष र निरीक्षकलाई अन्य केन्द्रमा परिचालन गर्न सकिने तर विद्यार्थीलाई घर नजिकैको केन्द्रमा परीक्षा दिन पाउनु पर्छ । घर देखि टाढा गएर परीक्षा दिदा विद्यार्थीहरु समस्यमा पदै आएको भन्दै विद्यार्थीहरुले सहज रुपमा परीक्षा दिन पाउनुपर्ने उहाँको माग छ ।

पहाडी तथा हिमाली जिल्लामा वस्ने ठाउँ , खानेकुराको अभाव लगाएका कारण विद्यार्थीहरु समस्यमा पदै आएका छन् । परीक्षामा सहभागी छात्राहरुलाई सवै भन्दा बढी समस्य पर्ने भएकाले उहाँले यस्तो माग गर्नुभएको हो ।




सम्बन्धित समाचार


error: Content is protected !!