वर्षातले जागेको बाली

– हेमन्त केसी
जाजरकोट ,  हरेक वर्ष मुस्किलले एक बाली लगाउने पश्चिम जाजरकोटका स्थानीयवासीहरु यो पटक दुई बाली लगाउदा खुसी भएका छन् ।

उत्पादनका हिसावले आयतित अन्न प्रयोग गर्न बाध्य भएका स्थानीयवासीलाई यो पटकको वर्षादले दुई बाली लगाउन पाउँदा खुसी भएका हुँन् । वर्षायाममा आकाशे पानीको भरमा मकै खेती गदै आएका पश्चिम जाजरकोटका स्थानीयवासीहरु अहिले हिउदयाममा पनि सोचे जती पानी परेपछि गहुँबाली समेत खेतबारीमा फलाउन पाउँदा खुसी भएको छेडागाड नगरपालिका –५ का रेशम शाहीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो , “ हाम्रो गाउँमा सिंचाईको सुविधा छैन , आकाशे पानीको भरमा खेती लगाउनुपर्छ , यो पटक हिउदयाममा नै प्रशस्त पानी परेपछि गहुँबाली सप्रिएको छ । ” यहाँ जस्तै जुनिचाँदे गाउँपालिका – ७ का महेन्द्र खड्काको खुसी कम छैनन् । उहाँको जमिन पनि यो पटक दुईबाली लगाउने अवसर जुटेको भन्दै खुसी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो , “यस्तै हरेक वर्ष वर्षाद भएको भए बाहिरबाट अन्न खरिद (वेसाएर) ल्याउनुपर्ने थिएन । हाम्रो खेतबारीमा उत्पादन गरेको अन्नले ६ महिना नपुग्ने भएकाले बाहिरबाट चामल ल्याएर खानुपर्ने बाध्यता छ । सायद यो वर्ष अन्न खरिद गर्नुपर्दैन होला । ”

मकैबाली उतपादनका हिसावले मुख्यबाली हो । धान उत्पादन गर्ने खेत नहुदा चामलको लागि खाद्य संस्थान र स्थानीय वजारको विकल्प नभएको छेडागाड नगरपालिका – ३ दशेराका स्थानीयवासी टेकबहादुर थापाले बताउनुभयो ।

तीन स्थानीय तह पश्चिम जाजरकोटमा पर्दछन् । खेतीयोग्य जमिन धेरै भएपनि सिंचाई सुविधा नहुँदा वर्षायाममा मकै , कोदोले भरी भराउ हुने जमिन हिउदयाममा रित्तो हुने गरेको स्थानीयवासीहरु बताउँछन् । हिउदयाममा आकाशबाट पानी परेमा मात्र गहुँबाली स्थानीयवासीहरु लगाउँछन् ।

जमिन भएर के गर्नु , सिंचाई नहुँदा बाँझो राख्नुको विकल्प छैन , छेडागाड नगरपालिका– १२ का वडा अध्यक्ष प्रेम खत्रीले भन्नुभयो , “ नगरपालिकासँग ठुलो बजेट छैन , अव प्रदेश र सँघ सरकारको भरपर्नुपर्ने बाध्यता छ ,।”

छेडागाड नगरपालिका , जुनिचाँदे गाउँपालिका र शिवालय गाउँपालिकामा १५ प्रतिशत खेतीयोग्य जमिनमा मात्र धौँ , धौँले सिंचाई सुविधा पुगेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले बताउनुभयो ।

उहाँले भन्नुभयो , “ हामीसँग बजेट छैन, प्रदेश र संघ सरकारसँग सिंचाईका लागि अनुरोध गरेका छौँ , ।” यहाँका अनुसार वडा नं ११ को ढुङगिल सिंचाई आयोजना वडा १० को नाउलीखेत सिंचाई आयोजना निर्माण कार्य जारी रहेको छ ।

वडा १२ को सालवगर , वडा १ को खाराखेतमा सिंचाई आयोजना निर्माण भई कृषकहरुले सिंचाई सुविधा उपभोग गरीसकेको छ ।

कृषकको जीवनस्तर सुधार्न किसानसँग मेयर कार्यक्रम
कृषकको जीवन स्तर सुधार्नका लागि छेडागाड नगरपालिकाले जनतासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गरेको छ । रु ४० लाख रकम बिनियोजन गरेर जनतासँग नगरप्रमुख कार्यक्रम सञ्चालनमा ल्याइएको नगरपालिकाका सूचना अधिकृत देबबहादुर बुढाले जानकारी दिनुभयो ।

यो कार्यक्रम मार्फत सहकारी , समुह र उत्पादन समुहलाई वजेट उपलव्ध गराएर कृषकको जीवनस्तर माथी उठाउने लक्ष्य लिईएको प्रमुख लालबहादुर महतराले जानकारी दिनुभयो ।

उत्पादनका हिसावले कुन ठाउँमा के बाली बढी उत्पादन हुन्छ सोही हिसावले पकेट क्षेत्र घोषण गरेर काम गर्ने योजनाका साथ अगाडी बढेको उहाँको तर्क छ । यो वर्षमा कृषकलाई खेतबारी जोत्न सजिलो होस भनि हात्ते ट्याक्टर , टिमुर टिप्दा प्रयोग हुँने औजारहरु वितरण गरिरहेको छ ।

त्यस्तै वन तथा वातावरण मन्त्रालयबाट वडा १, २ र ३ मा टिमुरका लागि विशेष क्षेत्र घोषण गरी काम सुरु भएको छ । नगरपालिकाले नगरका सवै वडामा टिमुर खेतीका लागि अघिल्लो वर्ष ५५ हजार बेर्ना उत्पादन गरी कृषकलाई वितरण गरिएको थियो भने अहिले वडा १२ मा ६५ हजार वेर्ना उत्पादन भईरहेको छ ।

मौसम अनुसारको विउँ समेत वितरण गरिएको बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!