भेरी नगरपालिका डायरी – जातीय विभेदको मुद्धालाई तिव्र रुपमा उठाउदै जागरण अभियान

जाजरकोट ः भेरी नगरपालिकाले जातीय विभेदको मुद्धालाई तिव्र रुपमा उठाउदै जागरण अभियानको कार्यक्रमलाई गती दिएको छ । वडा नं १ को पिपेमा जातीय बिभेद बिरुद्दको अभियान अन्तर्गत वडास्तरीय जनजागरण कार्यक्रम सम्पन्न गरिएको छ । त्यस्तै नगरपालिकाका प्रधानाध्यापक सँग वैठक समेत सम्पन्न गरिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो ।













