पार्टी फुटाउनेलाई पार्टी भित्र स्थान दिईदैन – शर्मा

जाजरकोट , पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टी भित्र कुनै स्थान नरहेको नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा)का स्थायी कमिटि सदस्य तथा पुर्व गृहमन्त्री जनार्दन शर्माले बताउनुभयो ।
पार्टीका राम्रा कामको प्रचार र गलत कुराको आलोचना गर्न पाउनु जनताको अधिकार भएको भन्दै उहाँले सरकार दलाल , माफियाको जालो घेरावन्दीमा परेको बताउनुभयो ।
छिटो त्यो जालो तोड्न प्रधानमन्त्रीलाइ उहाँले आग्रह गर्नुभयो । कर्णाली आवाज केन्द्रले कम सुन्छ त्यसैले कर्णालीमा राज्यले लगानी बढाउनु पर्नेमा उहाँको बताउनुभयो । २ वर्षदेखि रुकुम पश्चिममा संघीय सरकारको वजेट रोकिएको छ । कर्णालीको विकास ,लगानी कम भएको छ । राज्यले कर्णाली लाई हेला गरेको समेत उहाँको दावी छ ।
यहाँको विकासका लागि पत्रकारिता मार्फत वुलन्द उठाउन पत्रकारलाई आग्रह गर्नुभयो । कर्णाली प्रदेश प्रेस संगठन नेपालले रुकुम पश्चिम चौरजहारीमा गरेको भेला तथा सपथग्रहमा सम्वोधन गदै शर्माले यस्तो बताउनुभएको हो । जनताको आलोचना नै हाम्रो उर्जा हो शर्माले भन्नुभयो ।










