जनयुद्ध दिवसले जुरायो सहिद परिवारसँग भेटने सायद



हेमन्त केसी
जाजरकोट , चुनाव सकेर मुकाम र राजधानी फर्केका नेताहरु जनयूद्धको शायद पारेर गाउँ , गाउँमा पुगेका छन् । चुनावमा सहिद परिवारका सपना पुरा गर्ने , गाउँ गाउँमा विकासको लहर ल्याउने बाँचा गरेर चुनाव जितेका नेताहरु जनयूद्ध दिवसको सायद पारेर आफुले गरेका कामको फेरहस्ता प्रस्तुत गरिरहेका छन् ।
जाजरकोटका नलगाड नगरपालिका –७ दल्ली , भेरी नगरपालिका –१ रिम्ना लगायका ठाउँमा जनयूद्ध दिवस मनाईदै छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत , सांसद सत्य पहाडी , जाजरकोट (क) का प्रदेशसभासदस्य गणेसप्रसाद सिंह , राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा लगायतको टोली अहिले गाउँ गाउँमा सहिद परिवार , वेपता परिवारका आफन्तसँग भेटघाटमा व्यस्त हुनुभएको छ ।
चुनाव जितेर गाउँ पहिलो पटक फर्कीएका मन्त्री बस्नेत अहिले आफुले गरेका कामको विवरण स्थानीय जनतालाई सुनाईरहनुभएको छ । गाउँमा भएका अन्य समस्यहरु स्थानीय सरकारका प्रमुखहरुलाई साँची राखेर कामको विभाजन गदै जनताका माग र आशा पुर्न प्रतिवद्ध भएको स्थानीयवासीलाई आस्वस्त पारिरहनुभएको छ ।
जनयूद्धको समयमा जाजरकोटमा मात्र ११ जना वेपता भएका थिए भने ३ सय भन्दा बढीको मृत्यु भएको थियो । आधा दर्जन गाउँमा बमबाढी गर्दा वस्ती नै खरानी भएको थियो । उत्तिबेला भक्किएका संरचना र चुडिएका मनहरुलाई शान्ति प्रक्रिया सुरु भएसँगै सरकारी तवरबाट मिलन अनि निर्माणको कार्यदिशा अगाडी बढाईदै आईएको छ ।

सहिद परिवार तथा वेपता परिवारका आफन्तले अझै पनि आफ्ना सपना पुरा नभएको भन्दै मन्त्री बस्नेतलाई पटक , पटक घचघच्याउने गर्दछन् । वेपता परिवारका आफन्तले आफ्ना सन्तान र सदस्यको अवस्था सार्वजानिक गर्न माग गदै आएका छन् । जनयूद्धमा एकै गाउँमा ३५ जना मारिएको रिम्ना, पिपे गाउँमा अझै पुर्ण निर्माणको कामले गती लिन नसकेको नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा) जाजरकोट अध्यक्ष ढकबीर रानाले बताउनुभयो । उहाँले भन्नुभयो , “ वडालेखमा बमबाढीद्धारा खरानी बनाएका संरचनाको अहिले सम्म निर्माण गरिएको छैन, द्धन्द्धप्रभावित गाउँमा सवै प्रकारका आधारभुत सेवा प्रदान गर्ने भनिएपनि अहिले सम्म कार्यन्वयन नहुँदा जनता आक्रोषित भएका छन् । ”
दुई वर्ष अघि सम्म सञ्चालनमा रहेको जुनी कम्यून अहिले व्यवस्थापन प्रभावकारी नहुँदा बन्द भईसकेको छ । जुनिचाँदे गाउँपालिकाको जुनि स्थित वस्तीमा एकै गाउँमा ३ सय भन्दा बढी स्थानीयहरु सामुयिक बसाई र काम गदै आएकोमा अहिले व्यवस्थापन नहुँदा भत्ताभुङ्ग भईसकेको छ ।
धेरै घाईतेहरुको अझै उपचार नभएर समस्य भईरहेको बताउदै आएका छन् । उपचारमा सहयोग गर्न मन्त्री वस्नेतल र सांसदहरुलाई आग्रह गरिरहेका छन् । राजनीतिक रुपमा परिवर्तन आएपनि व्यवहारमा अझै परिवर्तन नआएको भन्दै सहिद परिवारले गुनासो व्यक्त गदै आएका छन् । २२ वर्षे लक्का जवान छोरा गुमाएका नलगाड नगरपालिका –८ हल्चौरका धन्जे कामीलाई छोराको उदेश्य अझै पुरा नभएको भन्दै दिक्क लाग्ने गर्दछ ।
उहाँ भन्नुहुन्छ , “ अहिले पनि असमानता , वेथिति गाउँमा प्राप्त छ , पुराना वेईमानले अहिले पुर्न हैकम चलाएका छन् । जातीय विभेद उस्तै छ । ” सहिद परिवारका कुरा सुनेपछि मन्त्री वस्नेतले अव हामी सहिदका सपना पुरा गर्ने अन्तिम चरणमा पुगेका छौँ , तपाईहरुका आफन्तहरुको बाटो हामी भुल्दैनौ भन्दै आस्वास्त पार्न खोन्नुभएको थियो ।
अव विकास र संमृद्धीका लागि हामी नयाँ योजनामा छौँ , जाजरकोट तीन वटा राष्ट्रिय सडक र विद्युतको हर्व बन्दै गरेको कुरा स्थानीयवासीलाई मन्त्री बस्नेतले जानकारी गराउनुभएको थियो । नलगाड जलविद्युत आयोजनाको काम वित्र रुपमा भईरहेको भन्दै मन्त्री बस्नेतले भन्नुभयो , “ सडक ख खानेपानी , विद्युत , भौतिक पुर्वधार , शिक्षकको दरवन्दी र सिंचाईका काम तिव्र रुपमा भईरहेका छन् । ” जिल्लामै पहिलो पटक फार्मेसी पढाई सुरु भएको छ भन्दै मन्त्री बस्नेतले थप्नुभयो , “ जिल्लामा माहुरी जोन , सुन्तला जोनको कार्यक्रम समेत सुरु भई सकेकोले सो बाट लाभ लिन आग्रह गर्दछु , उत्पादन बढाई जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर बन्नु पर्दछ । ”










