सरकारी तथा संस्थान सवारी चालक एशोसिएशन -अध्यक्षमा बुढा मगर

जाजरकोट ः सरकारी तथा संस्थान सवारी चालक एशोसिएशन जाजरकोटले नयाँ समिति गठन गरेको छ । आफ्नो हक हितका लागि चालकहरु संगठिन हुदै नयाँ समिति गठन गरिएको हो ।
जसको अध्यक्षमा प्रेमबहादुर बुढा मगर , उपाध्यक्षमा शिविर चौधरी , सचिवमा दिपबहादुर बुढा , सहचिवमा मनवीर बुढा रहेका छन् । ११ सदस्यीय नवगठित समितिमा राकेश शाह र धनबहादुर महर रहेका छन् ।
कार्यक्रमको उद्घाटन जिल्ला समन्यव समितिका उपप्रमुख ज्ञानीप्रसाद शर्मा , सरकारी तथा संस्थान सवारी चालक एशोसिएशनका कर्णाली प्रदेश अध्यक्ष श्यामप्रसाद देवकोटाले संयुक्त रुपमा उद्घाटन गनुभएको थियो ।










