नलगाडको सेवा प्रभावकारी भएको सेवाग्राहीको प्रतिक्रिया

जाजरकोट ः नलगाड नगरपालिकाले दिएको सेवा प्रति यहाँका नागरिकहरु सन्तुष्टि भएको बताएका छन् । नगरपालिकाले सेवा प्रवाहको विषयमा गरेको सार्वजानिक सुनुवाईमा उनीहरुले यस्तो बताएका हुन् ।

सार्वजनिक सुनुवाइ , शिक्षा, स्वास्थ्य र कृषिका विषयमा सहभागीले प्रश्न गरेका थिए । उनीहरुले अहिले नगरले प्रवाह गरेको सेवा राम्रो भएको भन्दै अझै लगानी बढाउनुपर्ने कुरामा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । नगरपालिकाले वर्षेनी सेवा प्रवाहका विषयमा सार्वजानिक सुनुवाई गदै आएको छ ।

गाउँ , गाउँमा गएर सार्वजानिक सुनुवाई गरी जनताको चाहाना वुझने नलगाड नगरपालिकाको यो कदम सही भएको नागरिक अगुवाको भनाई छ । नगरभित्रका १,२,५,७ र ८ वडाहरुमा सार्वजानिक सुनुवाई गरिएको सुनुवाई गरिरहेका बासुदेव शर्माले जानकारी दिनुभयो ।

जनप्रतिनिधिले जनतालाई दिने सेवा देखि खानेपानी , स्वास्थ्य पहुँच र दीघोविकासका विषयमा व्यापक छलफल भएको थियो । सार्वजानिक सुनवाईमा वडा अध्यक्षहरु , नगरप्रमुख टेकवबहादुर रावल , उपप्रमुख बालकुमारी बस्नेत र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जवाफ दिनुभएको थियो ।

त्यस्तै नगरपालिकाको न्यायिक समितिमा परेका कुल १७ वटा उजुरीमा मध्ये १ मुद्दा किनारा लागेको र ३ वटा उजुरी जिल्ला अदालत जाजरकोटमा सारिएको छ । त्यस्तै १३ उजुरी माथी कारवाहीको क्रम्म रहेको जानकारी गराएको छ ।

अघिल्लो आर्थिक वर्षमा वैशाखमै सवै योजना निर्माण कार्य पुरा गरेर शत प्रतिशत नतिजा निकालेको नलगाडले यो आर्थिक वर्षमा यो समाचार तयार पर्दा सम्म ६१५ योजना सम्झौता भैसकेको र बाँकी सम्झौता हुने क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो ।

अहिले सम्माको पुर्जीगत प्रगती १३.२९ प्रतित र चालु तर्फ ३६ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । ४७ प्रतिशत योजना सम्झौता भईसकेको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!