विश्वका पाँच डर लाग्दा नरभक्षी सिंह

‘म्यान इटर’ अर्थात् मान्छे खाने– यो शब्द मात्रैले मानिसको मनमा भयानक त्रास उत्पन्न गराउँछ । यो शब्द त्यस्ता जनावरका लागि प्रयोग गरिन्छ, जसले मानिसमाथि आक्रमण गर्छन् वा मार्छन् । मानिसमाथिको आक्रमणमा संलग्न जनावरहरूमा सार्कदेखि ब्वाँसो, गोही, सिँह, ठूला बिरालालगायत पर्दछन् । जनावरको आक्रमणबाट हुने मानवीय मृत्युमध्ये धेरै मात्रामा सिंहले गर्ने आक्रमणका कारण भएका छन् ।

त्यो भए मान्छे मार्न सिंहलाई के कुराले प्रोत्साहन गर्छ होला 

वनजंगलमा बढ्न थालेको शिकारको नै सिंहले मानिसमाथि गर्ने आक्रमणको मुख्य कारण हो । उनीहरूको वासस्थान मात्र होइन, आहारा पाइने ठाउँ पनि वन जंगल नै हो । जब वन जंगलमा खानेकुरा भेट्दैनन्, सिंहहरू कैयौँ माइल परका मानव बस्तीमा आहारको खोजीमा पुग्छन् । खानेकुरा नपाएर छट्पटाएका उनीहरू बाँच्नका लागि घरपालुवा पशु वा मानिसमाथि आक्रमण गर्न थाल्छन् ।

जंगली जनावरले प्राप्त गर्ने शिकारमा क्रमशः कमी हुँदै गएको छ । यस्तो हुनुको मुख्य कारण मानवीय गतिविधि नै हुन् । जंगल फँडानी गरेर बस्तीको विकास गर्ने क्रम तीव्र छ । स्वभाविक हो, जंगलको नाश हुँदा यहाँ भएका जनावरको संख्या घट्दै जान्छ । सिंहहरूका लागि अर्को विकल्प जब हुँदैन, खानेकुरा त चाहियो नै । त्यसपछि उनीहरू मान्छेमाथि नै आक्रमण गर्छन् ।

वैज्ञानिकका अनुसार, सिंहका लागि मानिसहरू सजिलो आहारा पनि हुन् । शिकारी सिंहले जब एकपटक मानिसको रगत खान्छ, त्यसपछि उनीहरू मानिसकै शिकार गर्न खोज्छन् ।

इतिहासमा यस्ता केही सिंहहरूको रेकर्ड छ, जसले ठूलो संख्यामा मानिसहरूको शिकार गरेका छन् ।

नजोम्बे

सन् १९३२ देखि १९४७ सम्म दक्षिणी तान्जानियालीहरूले सिंहको आक्रमणको त्रासमा परेर आफ्नो जिन्दगी बिताउनु पर्यो । त्यसताका त्यहाँ १५ सिंहहरूको एउटा यस्तो डरलाग्दो समूह थियो, समूहमा रहेका सिंह अत्यन्त हिंस्रक थिए । ‘मान्छे खाने सिंह’को उपमा पाएको यो समूहले करिब १ हजार ५ सय मानिसहरूको शिकार गरेको थियो ।

तान्जानियामा उपनिवेश चलाइरहेको बेलायतले गंगौटी भाइरस नियन्त्रण गर्ने योजना अघि सारेपछि सिंहहरूले मान्छेमाथि आक्रमण थालेका थिए । यसक्रममा जेब्रा, हरिण, मृग, जंगली गाईजस्ता जनावार मार्न सुरु गरियो । परिणाम, यी जनावारको संख्या घट्दै गयो । त्यसपछि सिंहले जंगलमा खानेकुराको अभाव महसुस गरे, साथै विकल्प खोज्न पनि थाले ।

नजोम्बे सिंहको समूह निकै चलाख थियो । यो समूहमा रहेका सिंहहरूको स्वभाव अन्यको भन्दा फरक थियो । अन्य सिंह राति शिकार गर्थे र रातभर हिँड्थे । तर, नजोम्बे समूह भने राति–राति हिँड्थ्यो । र, दिउँसो शिकार गर्थ्यो । यसले गर्दा दिउँसो काममा निस्कने मानिसहरू सो समूहको शिकार बन्थे ।

झण्डै १५ सय मानिसको ज्यान लिएपछि सो समूहमा रहेका सिंहलाई बेलायती सरकारले गोली हानेर मार्यो ।

साभो सिंह

यी सिंहहरू हलिउडका कथामा अमर छन्, चर्चित छन् । यी सिंहहरू सानो समूहमा शिकारको खोजीमा निस्कन्थे । सन् १८९८ मा तीमध्ये दुई वटा सिंहले केन्याको साभो नदी छेउको एउटा रेलमार्गमा पूल बनाउने १ सय ४० कामदार मारेका थिए । सिंहको आक्रमण बढेपछि त्यहाँबाट कामदारहरू भागे र संरचना निर्माणको काम रोकियो । अन्त्यमा इन्जिनियर प्रमुखले दुवै सिंहको शिकार गरे र पुन सन् १८९९ मा निर्माण सम्पन्न भयो ।

यी सिंहले मानिसलाई आक्रमण गर्नुको एउटा सम्भावित कारण के थियो भने( त्यहाँ काम गर्ने कामदारको मृत शरीर सिंहले खाउन् भनेर त्यत्तिकै फालिदिन्थे । तीमध्ये अधिकांश लास दासका थिए । सिंहले मरिसकेको लासमा त्यति स्वाद भेटेनन्, यसपछि उनीहरू जीवित मानिसतर्फ शिकार गर्न आकर्षित भए । त्यसपछि उनीहरूले निरन्तर त्यहाँ काम गर्ने कामदारलाई आक्रमण गरिरहे ।

त्यसपछि ठूलो संख्यामा कामदारहरूले काम छोडे । पछि ती सिंहको भुत्ला, हड्डीहरूको अध्ययन भयो । जसमा उल्लेख गरिएको भन्दा थोरै मानिसको शिकार गरेको निष्कर्ष निकालिएको छ ।

चिन्गी चार्ली

चिन्गी चार्लीलाई ‘सेतो सिंह’ भनेर चिनिन्छ । यो सेतो हल्का रङ भएको, आधा पुच्छर भएको अनौठो शारीरिक बनावटको थियो । यसले सन् १९०९ मा जाम्बियाको उत्तरी रोडेसियामा आतंक मच्चाएको थियो । तर यसको अनौठो बनावटले गर्दा गाउँलेहरू यसलाई विशेष र महत्वपूर्ण मान्थे ।

यो सिंह शिकारको खोजीमा गाउँ पस्यो र बस्तीहरुमा छिर्यो । विस्तारै अरु दुई वटा सिंह पनि यही समूहमा आए । सिंहको यो समूहले उसैको शिकार गर्न गएका शिकारी मानिसहरूको हत्या गरेको थियो । यी सिंहले ९० जना मानिसको शिकार गरेका थिए । अन्त्यमा ती सिंहलाई पनि मारियो ।

ओसामा

अरबी भाषामा सिंहलाई ओसामा भनिन्छ । सन् २००२ देखि २००४ सम्ममा तान्जानियाको रुफिजी भन्ने ठाउँमा यसले ५० जना मानिसको शिकार गरेको थियो । यसलाई सन् २००४ मा गोली हानेर मारियो । यो सिंह जम्मा साढे तीन वर्षको थियो ।

वैज्ञानिकहरूले के दाबी गरेका छन् भने, ओसामाले मानिसको शिकार गर्न उसको आमाबाट सिकेको हुनुपर्छ, उ सानो थियो, सजिलै मानिसको शिकार गर्न गाह्रो पर्थ्यो ।

मुफोवे

सन् १९९१ मा फुवे सिंहले जाम्बियाको लुवाङग्वा नदीको उपत्यकामा ८ गाउँका ५० जना मानिसहरूको शिकार गर्यो । त्यही समयताका एक जना मानिस अमेरिकाको क्यालिफोर्नियाबाट जंगल सफारीमका लागि आएका थिए । ती व्यक्तिले उक्त सिंहको शिकार गर्नुभन्दा पहिले तीन हप्ता जति शिकार कुरेर बसे ।

गाउँलेहरूका अनुसार, उक्त सिंह कति निडर थियो भने, उसले शिकार गरेको मासिनलाई शहरको बीच सडकबाट लिएर हिँड्थ्यो, ढुक्कसँग । यो सिंह निकै ठूलो पनि थियो, १० फिट लम्बाईको । उसको शरीर अहिले सिकागोस्थित फिल्ड संग्रहालयमा राखिएको छ ।

मानव हस्तक्षेपको परिणाम

यति धेरै मानिसको शिकार गरेका डरलाग्दा, हिंस्रक सिंहहरू ती गाउँका बासिन्दाको मौखिक कथामा जीवित रहनेछन्, जहाँ यिनीहरूले आक्रमण गरेका थिए । यी कथाहरू ती ठाउँका बच्चालाई सिंहबाट बच्नका लागि नैतिक शिक्षा हुनेछ । उनीहरूको मृत्यु व्यर्थ हुनेछैन, सबैले प्रत्येकबाट सिक्न सक्छन् ।

प्राकृतिक स्रोतमाथिको मानव हस्तक्षेपका कारण यस्तो दुर्घटना भएको हो । जंगलमा प्रशस्त खानेकुरा भए सिंह मानव बस्तीमा पस्दैनन् । तर जब भोकले सताउन थाल्छ र आहार नभेटेर निराश हुन्छन्, अनि सिंहहरू खानेकुरा आशमा मानिसमाथि आक्रमण गर्छन् ।

यो सामाग्री वल्र्डएटलसका लागि पेम्बर पारोइनाले तयार पारेकी हुन् ।




सम्बन्धित समाचार


error: Content is protected !!