भरुवा वन्दुक सहित रोकाय पक्राउ

डोल्पा ः भरुवा वन्दुक सहित डोल्पा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नियमित गस्तीको क्रम्मा रहेको प्रहरीले ठुलिभेरी नगरपालिका २ लोचा जंगलमा पुग्दा ठुलिभेरी नगरपालिका ४ तिप्ला घर भएका २८ वर्षीय खडकबहादुर रोकायलाई हतियार सहित पक्राउ गरेको हो ।

उनको साथबाट १ थान भरुवा बन्दुक , घरेलु चक्कु १ थान , बारुद ७८ ग्राम , पासो १ थान , केभ ९ थान र सिसाको छर्रा १९ थान बरामत गरेको डोल्पा प्रहरी प्रमुख नारायण रन्जितकारले जानकारी दिनुभयो ।

माघ २७ गते पक्राउ परेका रोकायलाई जिल्ला अदालत डोल्पामा हतियार खरखजना सम्वन्धि मुद्धामा अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!