आफ्नो घरको काठ नबोकेको भन्दै शिक्षकले कुटे विद्यार्थी (भिडियो सहित)

जाजरकोट । काठ बोक्न नगएको भन्दै जाजरकोटका एक शिक्षकले विद्यार्थी कुटेका छन् । जिल्लाको कुशे गाउँपालिका ७ स्थित नेपाल आधारभुत बिद्यालय समकोटका शिक्षक शुनिल शाहीले आफ्नो काठ बोक्न नगएको भन्दै छात्रालाई कुटपिट गरेको आरोप छ । कुटपिट बाट आठ कक्षाम अध्ययरत मिनिका गिरी घाइते हनुभएको छ ।

सोमबार शिक्षक शाहीको कुटाईबाट छात्रा गिरीको हातमा गम्भिर चोट लागेको छ । उहाँको हातभरी ठुलाठुला निल डाम बस्नुका साथै एउटा औँला नचल्ने भएको छ । छात्रालाई अघिल्लो दिन शिक्षक शाहीले आफ्नो घर निर्माणको लागि काठ बोक्न बोलाएका थिए । तर काठ बोक्न नगएपछि सरले विद्यालयमै कुटपिट गरेको पिडित छात्रा गिरिले आरोप लगाउनुभयो ।

विद्यालय बाहिर गणित बिषयको किताब नल्याएको विषयलाई आधार बनाएर काठ नबोकेको झोक मेट्न आफुलाई सरले कुटेको पीडित छात्राको आरोप छ ।

नजानेको कुरा सिकाउनु पर्ने शिक्षकले आफ्नो घरायसी काम गर्न नमानेको भन्दै कुटपिट गरी घाइते बनाउदा अच्चम परेको छात्राका आफन्तले बताउनुभयो । बुवा सानै हुदा बिते आमा सानैमा अर्को बिहे गरेर गए पछी गिरीलाई सहारा दिदै आएकोमा शिक्षकले विद्यालयमै कुटपिट गरे उहाँको एक आफन्तको भनाई छ । ‘उतिवेला छोरीले डरले हामीसँग भनेन, पछि कुनै काम गर्न नसक्ने गरी कुटपिट गरेको थाहा भयो ।’

शिक्षकको कुटाई पछि गिरी जस्तै अन्य ९ जना विद्यार्थी अध्ययन गर्न छाडेको स्थानीयको भनाई छ । बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई कुटपिट गर्न नपाईने संबिधानमा ब्यवस्था भए पनि जिल्लामा यस्ता घटना नियमित घट्दै गएको सरोकारवाला निकायको भनाई छ ।

शिक्षा नियमावली २०५९ को नियम १३३को विद्यार्थीलाई शारिरिक तथा मानसिक रुपमा यातना दिन नमिल्ने ब्यवस्था भएको शिक्षा तथा समन्व इकाई जाजरकोटका प्रास तिलक भट्टराइले जानकारी दिनुभयो । कुट पिट भएको नभएको प्रमाणित भएको ठहर भएमा बिद्यालय ब्यवस्थापन समितिको सिफारिस अनुसार कारबाहि गर्ने बताए । पीडितले सम्बन्धीत निकायमा उजुरी दिएको खण्डमा कारबाहिको लागि कार्यालय लाग्नेमा भट्टराइको जोड छ , भिजनमा खवर छ ।




सम्बन्धित समाचार


error: Content is protected !!