जातीय विभेद अन्त्यका लागि गुरुलाई गुरु बन्न आग्रह

हेमन्त केसी
जाजरकोट , २१ माघ ः जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत अन्त्यको घोषणा गर्ने लक्ष्य लिएको भेरी नगरपालिकाले गुरुलाई गुरु बन्न आग्रह गरेको छ ।
भेरी नगरपालिकाका सवै विद्यालयका प्रधानाध्यापक तथा लेखापाललाई संयुक्त रुपमा प्रशिक्षण दिदै साचिक्कै जातीय विभेदको युग वदल्ने बदल्ने अभियानको लागि गुरु बन्न आग्रह गरिएको छ । भेरी नगरपालिका भित्रका वडा ९ र ११ का विद्यालयमा छुवाछुत तथा विभेदको प्रभाव अत्यन्तै देखिएपछि यहाँका सवै विद्यालयमा सो मुद्धालाई सामाजिक रुपान्तरणको लागि शिक्षक अभियानता बनेर सहयोग गर्न आग्रह गरिएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो ।
शिक्षकहरु नै सामाजको एक अभिन्न अंकको रुपमा रहेकाले जातीय विभेदको मुद्धालाई अन्त्य गर्न एक जुट हुनुपर्नेमा नगरप्रमुखले जोड दिनुभयो । पुरानो पुस्ता र नयाँ पुस्ता बीचमा जातीय विभेदका विषयमा भारी मतभेद भईरहदा शिक्षकले नयाँ पुस्तालाई नयाँ चेतना दिएमात्र समाज रुपान्तरणका लागि दिनमा दुई गुण र रातमा चौणुणाको दरले परिवर्तनका किरणहरु देखा पर्ने कुरामा जोड दिईएको छ । धामी तथा झाँक्रीलाई समाज रुपान्तरणको अभियानमा सहयोग गर्न आग्रह गदै सामुयिक छलफल गरी सहयोग गर्न आग्रह गरिएको छ । जनप्रतिनिधिहरु बीच हुँने गरेको विभेद अहिले कम हुँदै गएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताउनुभयो ।
जातीय भेदभाव अन्त्य देखि बालमैत्री हुदै पुर्ण सरसफाईको नारा एकै पटक अघि सारेको नगरले यि अभियानलाई सफल बनाउका लागि सवै सँग आग्रह गरेको छ ।कानुन व्यवसायी , प्रहरीसँग समेत यि मुद्धामा सहकार्य गरी अगाडी बढ्नका लागि कार्यगत एकता गदै नगरले सँगसँगै बिभिन्न गतिविधिहरु गदै आएको छ ।










