उपल्लो डोल्पामा झाडापखालाको प्रकोप

पुष्पा सिंह
डोल्पा ः चिसोका कारण समस्य भोग्दै आएका उपल्लो डोल्पाका स्थानीयवासीहरु झाडापखालाको समस्याबाट पीडित बनेका छन् ।
चिसोका कारण आर्थिक अवस्था कम्जोर भएका र वृद्ध,वृद्धाहरु मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् । डोल्पो बुद्ध गाउँपालिका –४ ताक्सि ,धो गाउँमा बढी भाडापखालको समस्य देखा परेको हो । भाडापखालाको समस्य देखिएपछि लामाहरुको परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आएको छ ।
मंसिरमै औषधीको माग गरेपनि अहिले सम्म यहाँको स्थानीय तहले बताएका छन् । दैनिक भाडापखालाका विरामीहरुको संख्य बढ्दै गएपनि औषधी नहुँदा समस्य हुँदै गएको हो । हिउँले ढाँकेको यहाँका वस्तीहरुमा उपचार गर्न नै सकस भएको छ ।
दैनिक ५० भन्दा बढी स्थानीयवासीहरुका विरामी हुँने गरेका छन् । उत्ता चिसो छल्न भन्दै जनप्रतिनिधिहरु काठमाण्डौँमा रहेका छन् । डोल्पो बुद्ध गाउँपालिका वडा नं ३ का वडा सदस्य लाप्का तेण्डुप लामाका अनुसार तत्काल उपचारका लागि पहल नगरे भयाभह अवस्था आउन सक्ने बताउनुभयो ।










