सरकारी निवासमा प्रधानमन्त्रीको रात्रिभोज, गएनन् केही सांसद र नेता

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्य र सांसदहरूका निम्ति रात्रिभोज आयोजना गरेका छन्। पाँच दिनसम्म चलेको केन्द्रीय कमिटी बैठक सकिएको दिन प्रधानमन्त्री ओलीले रात्रिभोजमा बोलाएका हुन्।
सुरूमा प्रधानमन्त्रीका तर्फबाट सांसदहरूलाई साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भोजको निम्तो पठाइएको थियो। नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीका तर्फबाट मोबाइलमा म्यासेजु पठाइएको थियो।
सांसदहरूलाई मध्याह्नमै खबर गरियो भने केन्द्रीय सदस्यलाई साँझ बैठक सकिने बेला मात्रै जानकारी गराइएको थियो। प्रधानमन्त्री ओलीले बैठक समापन मन्तव्यको अन्तिममा केन्द्रीय सदस्यहरूलाई बालुवाटारमा निम्तो दिएका थिए।
रात्रिभोजबारे आफूहरूले प्रधानमन्त्रीको भाषणक्रममा मात्रै थाहा पाएको एक केन्द्रीय सदस्यले बताए। भोजमा सांस्कृतिक प्रस्तुति र ुड्रिंक्सु बाहेक सबै खानेकुरा रहेको अर्का केन्द्रीय सदस्यले बताइन्।
ुखानामा माछा(मासुका सबैखाले परिकार थियो। खानापछि डेजर्ट थियो, उनले भनिन्, ुबोल्ने कार्यक्रम केही थिएन। खाने र गफ गर्ने मात्रै। म केही बेर बसेर फर्किएँ।ु
बैठकको अन्तिम दिन केन्द्रीय सदस्य र सांसदहरू बीचमा हार्दिकता बढाउन प्रधानमन्त्रीले रात्रिभोज गरेका केन्द्रीय सदस्य कर्णबहादुर थापाले सेतोपाटीलाई बताए।
यो भोज केन्द्रीय सदस्य र सांसदको एउटा अनौपचारिक भेटघाट अवसर हो, उनले भने, बैठकमा सबैजसो केन्द्रीय सदस्य र सांसदको उपस्थिति थियो।
केही नेता र सांसद भने रात्रिभोजमा सहभागी भएनन्। केन्द्रीय सदस्य राजेन्द्र राई, रामकुमारी झाँक्री, लेखनाथ न्यौपाने, ठाकुर गैरे, हेमराज भण्डारी लगायत बालुवाटार गएनन्।
ुबैठकमा नेताहरूको सम्पत्ति र आचरणबारे यति धेरै कुरा उठाइयो। बैठक लगत्तै सरकारी निवासमा भएको भोजमा कसरी सहभागी हुनुरु मलाई त्यहाँ जान मेरो नैतिकताले दिएन, भोजमा नगएका एक केन्द्रीय सदस्यले भने, ुसरकारी खर्चमा भोज गरेर कस्तो सन्देश दिन खोजको हो, मैले बुझ्न सकेको छैन।
अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले आफ्नो स्वभाव यस्ता भोजमा नजाने खालको रहेकाले नगएको बताए।
ुभोजमा म मेरै स्वभावले नगएको। पार्टी एकता भएपछि बालुवाटारमै भएको भोजमा पनि सहभागी थिइनँ, उनले भने, ुपार्टीमा तडकभडक नहोस् भन्ने जनताको चाहना छ। मलाई पनि यो कुरा ठिकै लाग्छ। तर मेरो हैसियतले यस्ता कार्यक्रम रोक्न नसक्ने भएकोले म नगएको हो।
आफू बिहे वा व्रतबन्ध जस्ता भोजमा पनि नजाने उनले बताए।
अर्का केन्द्रीय सदस्य राजेन्द्र राईले भने भोजमा राति हुने र आफूसँग साधन नभएकाले नगएको बताए।










