नमुना वस्तीमा नमुना जागरण


लोकेन्द्रविक्रम शाही
जाजरकोट ः आधारभुत सेवा प्रवाहका हिसावले उत्कृष्ट मानिएकालाई नमुना वस्ती निर्माण गर्ने नलगाड नगरपालिकाको विशेष अभियान सुरु भएको छ । अघिल्लो वर्ष देखि सुरु भएको नमुना वस्ती अभियान यो वर्ष जागरणका दृष्टिकोणले नमुना बनाउन गाउँ , गाउँमा सचेतनाका कार्यक्रम सुरु भएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख सुरेन्द्र सिंहले जानकारी दिनुभयो । नगरभित्रका १३ वटा ठाउँलाई नमुना घोषणा गरि थालिएको जागरणको कार्यक्रम स्थानीयवासीको उत्कट चहानाका साथ गतीवान भएको उहाँले जानकारी दिनुभयो ।

अरु भन्दा भिन्न र फरक नभए कसरी नमुना होला नगरप्रमुख टेकबहादुर रावलले भन्नुभयो , हामी यूद्ध स्तरमा नमुना काम देखाउन गईरहेका छौ । उहाँले भनेझै नगरभित्र प्रवेश गर्दा सुरुमा चिसापानी वैरीतालमा नगरभित्र यहाँहरुलाई स्वागत छ भनि आदार व्यवहार प्रस्तुत गरिएको छ ।
माघ १३ देखि सुरु गरिएको जागरण अभियान अहिले अन्य वडामा चालु रहेको छ । संमृद्धी, न्याय सहितको विकासको मुलमन्त्रलाई आत्मसाथ गरी सवै ठाउँमा यो अभियान तिव्र पारिएको छ । जडिवुटी र जलविद्युतको हर्वको रुपमा स्थापित नलगाड नगरपालिका कर्णाली प्रदेशको एक गतिशिल स्थानीय तह हो ।










