भूकम्प नै पैदा गर्ने हाइड्रोजन बमबारे जान्नैपर्ने ५ तथ्य

केही महिनाअघि उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गरेको दावी गरेपछि दुनियाभर हलचल पैदा भयो ।

उत्तर कोरियाका शासक किम जोंग उनले आफूहरुले हाइड्रोजन बम बनाएको संकेत अघिल्लो वर्षको डिसेम्बरमा नै दिएका थिए ।

यसअघि पनि उत्तर कोरिया आफ्नो परमाणु कार्यक्रमका कारण निरन्तर विवादमा पर्दै आएको छ ।

हलचल यसकारण पनि भएको छ, हाइड्रोजन बम दुनियाको सबैभन्दा खतरनाक र विनासकारी बम हो । यद्यपि आजसम्म कुनै पनि युद्धमा यसको प्रयोग भएको छैन ।

जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले परमाणु बम खसालेको थियो । परमाणु बमले ती दुई शहरलाई मरभूमिमा नै परिणत गरिदियो । जबकी हाइड्रोजन बम त्यो भन्दा पनि कैयन गुणा विनासकारी हुन्छ ।

जुन कुराको संकेत उत्तर कोरियाले बुधबार त्यसको परीक्षण गर्दा भूकम्प गएबाट नै पाउन सकिन्छ ।

आज हामी हाइड्रोजन बमबारे जान्नै पर्ने ५ तथ्यबारे जानकारी दिँदैछौं ।

१। हाइड्रोजन बमले एक विस्फोटमा नै निकै ठूलो शहरलाई पनि निमेषभरमा ध्वस्त बनाउन सक्छ । ९ मे १९५१ मा पहिलो हाइड्रोजन बम परीक्षण भएको थियो ।

२। हाइड्रोजन बम र एटम बमबीचमा निकै ठूलो अन्तर छ । एटम बममा फिजनबाट ताप पैदा हुन्छ भने, हाइड्रोजन बममा एटम बमको फ्यूजनबाट ।

३। फ्यूजनका लागि १ करोड डिग्रीभन्दा बढी तापमान जरुरी छ । हाइड्रोजन बममा फिजन र फ्यूजन दुबैको प्रयोग हुन्छ ।

फिजन र फ्यूजमा अन्तरस्

फिजन र फ्यूजन दुई अलग(अलग प्रक्रिया हुन् । फिजनमा एक परमाणु दुई वा त्यसभन्दा बढी अणुमा विभाजित हुन्छ । फ्यूजन तब हुन्छ, जब दुई वा त्यसभन्दा बढी अणु एक आपसमा मिल्छन्, र निकै ठूलो परमाणु बन्छ ।

४। हाइड्रोडन बम हाइड्रोजनका अणुहरुको फ्यूजनबाट बन्छ । यसकारण यसलाई हाइड्रोजन बम भनिएको हो । यसमा फिजन र फ्यूजन दुबै प्रक्रिया सामेल हुन्छ ।

५। साना हाइड्रोजन बमहरु प्रहारका लागि निकै सहज हुन्छन् । यसलाई मिसाइलमा सहजै प्रयोग गर्न सकिन्छ ।




सम्बन्धित समाचार


error: Content is protected !!