समस्याले झेलिएको विद्यालय कहिले बन्छ नमुना ?


कालीबहादुर नेपाली ,जाजरकोट । जिल्ला सदरमुकाम खलंगामा अवस्थित त्रिभुवन माद्यामिक विद्यालयमा बर्षा हुदाँ विद्यार्थीको टाउकोमा पानी चुहिन्छ । घाम लाग्दा घामको प्रकाशले असर पारिरहेको हुन्छ । विद्यालयमा भौतिक संरचनाको कथा बने पनि शैक्षिक अवस्था पनि कमजोर नै छ । सरकारी पक्ष बाट विद्यालयको अनुमगन पनि हुदैन । स्थानीय सरकारले अनुगमन गरेकै छैन । केही समय पहिले प्रमुख जिल्ला अधिकारी जनकराज पन्त सहितको टोलीले विद्यालयको अनुगमन ग¥यो । सुधारका लागि केही सुझाव समेत दिएको थियो ।
विहीबार विद्यालयको आयोजनामा विद्यार्थी,शिक्षक र व्यवस्थापन समिती वीच गरिएको अन्तरक्रिया कार्यक्रममा यहाँका विद्यार्थीले , विद्यालयको भौतिक, शैक्षिक,आर्थीक,सामाजिक, लगायतका विषयमा गुनासै गुनासो पोखे । जिल्लाको सदरमुकाम अवस्थित विद्यालयको अवस्था यस्तो छ भने अन्य दुर्गम गाउँका विद्यालयको भने के होला ? शिक्षकहरु नियमित विद्यालयमा उपस्थित नहुने, विद्यार्थी विद्यालय बन्द नहुँदै घरमा गइहाल्ने, विद्यालय शान्ती क्षेत्र हो मात्रै भन्ने विद्यालय क्षेत्र भित्र प्रवेश गरी गुट्खा,पुकार ,चुरोट सेवन गरिन्छ । शौचालयको वरिपरी फोहोरै फोहोर सजिएको छ ।
शिक्षकले गर्छन लैगिंक विभेद
शिक्षकले कक्षाकोठामा पढाउन जाँदा लैगिंक विभेद गर्ने विद्यार्थीले आरोप लगाएका छन् । अन्तरक्रिया कार्यक्रममा बोल्दै आएका विद्यार्थीले कक्षाकोठामा प्रवेश गरेपछि केटीलाई सजाय नै नदिने,केटाहरुलाई बेसरी सजाय दिने गरेको सोही विद्यालयमा अध्ययनरक्त एकजना छात्रले जानकारी दिए । उनले भनेर्, सर कक्षाकोठामा पढाउन आउनुहुन्छ ।र्’ केटीले गृहकार्य नगरेको भए पनि भोली ल्याउँनु भन्नुहुन्छ । तर केटालाई तत्कालै कुखुरा बनाईहाल्नुहुन्छ । यसको अन्त्य होस ।’
शौचालय गतिलो नहुँदा छात्राको स्कुल छुट्छ
विद्यालयमा अध्यनरक्त अधिकांश छात्राको विद्यालय छुट्ने गरेको छ । मासिक रुपमा महिनाबारी हुने छात्राहरु विद्यालयमा शौचालय ,बाथरुम गतिलो र प्याडको व्यवस्था नभएपछि अधिकांशको विद्यालय छुट्ने गरेको हो । उनीहरु विद्यालयमा प्याडको व्यवस्था नहुँदा साथीभाईको लाजले विद्यालयमा नगएको विद्यालयमा अध्ययनरक्त छात्रा राधा विष्टले बताइन् । उनले विद्यालयलाई प्रश्न गर्दै भनिन् “हाम्रो विद्यालयमा कहिले हुन्छ यसको व्यवस्था सर ? शौचालय ,वाथरुम, छात्र,छात्रमैत्री विद्यालय कहिले बन्छ ?र्” यसले गर्दा हाम्रो कलास धेरै दिन छुटिसक्यो तत्काल यसको काम गरियोस् ।’
प्रयोगशाला प्रयोग सपना मात्रै
प्रयोगशालामा काम हुन्छ भनेर विद्यार्थी बाट पैसा लगिन्छ । तर यहाँका विद्यार्थीलाई प्रयोगशाला प्रयोग गर्नु त परको कुरा हो । तर देख्न पनि सपना जस्तो बनेको एकजना विद्यार्थीले दुखेसो गरे । उनले भनेर्, हाम्रो विद्यालयमा भर्ना हुदा विभिन्न शीर्षक अन्तर्गत प्रयोगशालामा पनि रकम काटिन्छ ।’ हामीले विज्ञान विषय पढ्दा खेरी केहिल्यै पनि प्रयोगशाला देख्दैनौ कहिले हुन्छ सर उनले प्रश्न गरे ।
नामको मात्रै छात्रवास
यस विद्यालय अन्तर्गत रहेको छात्रावास नामको मात्रै छात्रावास देखिने गरेको छ । छात्रावासमा गरिव,विपन्न,अपांग,दलित लगायत अन्य छात्राहरुलाई राखिन्छ । तर यहाँको वरिपरीको पर्खाल भत्किएको अवस्था छ, महिनावारी हुदाँ पानीको गतिलो व्यवस्था नभएको छात्रावासमा कार्यरक्त माया घर्तिले दुखेसो पोखिन् । छात्रावासमा सजिलो हुन्छ भनेर यहाँ आएको बताउने छात्राहरु यहाँको व्यवस्था देख्दा किन आएको भन्दै दुख्ख व्यक्त गर्छन । उनीहरु भन्छनर्् हामी छात्रवासमा गतिलो व्यस्था हुन्छ भनेर आयौ ।’र्, तर यहाँ पनि हामी सुरक्षित छैनौ भन्नेमा हामी विश्वस्थ छौ ।’
आर्थीक अभावले समस्या भयो ः प्रधानध्यापक
विद्यालयका प्रधानध्यापक हेरम्वबहादुर शाहले विद्यालयको यो अवस्था हुनु सबै आर्थीक अवस्था कमजोर भएको बताए । उनले भनेर्, हामी विद्यालयलाई नमुना विद्यालयका रुपमा स्थापित गर्न चाहान्छौँ ।’र्, तर विद्यालयमा आर्थीक अवस्था कमजोर भएका कारण सबै समस्या निम्तिएका हुन ।’ राज्यले विद्यालयमा प्रर्याप्त शिक्षकको दरबन्दी व्वस्था गरेको छैन । विद्यालयको आन्तिरक श्रोत बाट निजी शिक्षक पाल्नुपर्ने भएकोले यस्तो समस्या भएको बताए । अव विद्यालयमा चुहिने भवनका लागि ५० लाखको टेन्डर परेको छ । यो आर्थीक बर्ष भित्र नै भवन निर्माण गर्ने उनको भनाई छ । केटाहरुका लागि शौचालय बनेको छ ।
भोली बाट नै सुचारु हुने समेत बताए । विद्यालयका सहायक शिक्षक हरि सन्दर्भले विद्यालय नमुनाका रुपमा विकास गर्नका लागि शिक्षक ,विद्यार्थी र अविभावकाको भुमिका महत्वपुर्ण रहने बताए । विद्यालयको भौतिक अवस्था मात्रै कमजोर नभई हामी शैक्षिक, अनुशासनमा पनि चुकेको उनको भनाई छ । विद्यार्थीले सोधेको दलित विद्यार्थीलाई निशुल्क शिक्षा कहिले भन्ने प्रश्नको उत्तर दिदै सन्दर्भले भने, संविधानले व्यवस्था मात्रै गरेको छ । कार्यान्वयन गर्ने कहिले ? त्यसैले माथी बाटै व्यवस्था गरे हामी निशुल्क दिन तयार रहेको बताए । आगामी शैक्षिक बर्षमा जिल्लाको नमुना विद्यालय निर्माणका लागि कार्यक्रममा प्रतिबद्धता पत्र समेत घोषणा गरिएको छ ।
विद्यालय व्यस्थापन समितीका अध्यक्ष शाक्यनन्द्र विक्रम शाहले विद्यालयमा देखिएका सम्पुर्ण समस्या हटाउन तयार रहेको बताए । विद्यालयमा भएका कमी कमजोरी हामीले तत्काल समाधान गरी नमुना विद्यालय निर्माणमा जुट्ने उनको भनाई छ । यस्तो अवस्थामा भएको विद्यालयलाई तपाई हामीले साँचिकै मन्दिर निर्माण गर्न तर्फ लाग्न आवश्यक छ । यसरी समस्या नै समस्या भएको विद्यालय बाट कसरी राम्रो मान्छे उत्पादन गर्न सकिन्छ । त्यसैले समस्या समाधानमा सबै लाग्ने सहभागीहरुले प्रतिबद्धता व्यक्त गरे ।








