जन्म दिनमा साथीलाई झोला


जाजरकोट ः कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बसेतका छोरा मिशन बस्नेतले आज आफ्नो जन्मउत्सव फरक तरिकाले मनाएका छन् । सामाजिक कार्यबाट राजनीतिकमा उद्धाएका हरिचन्द्र बस्नेत जस्तै सानै उमेर देखि अध्यक्षका छोरा मिशनले पनि जन्म दिनमै सामाजिक कार्यमा हात हालेका छन् । मिशन आज आठ बर्ष पुरा गरेर ९ बर्षमा प्रबेश गरेको अबसरमा २७ जना
आफ्नै साथीहरुलाई झोला वितरण गरेका छन् । सदरमुकाम खलंगा स्थित गोल्डेन गेट एनपी फ्रेण्ड बोर्डिङ्ग स्कुलको कक्षा २ मा अध्ययनरत मिशन बस्नेतले नेपाल आमा अनाथआश्रम मार्फत जय मालिका गुरुकुल बिद्यापिट स्कुलमा अध्ययनरत २७ जना सहयोगापेक्षी बालबालिकालाई झोला हस्तान्तरण गरेका हुन् ।
नेपाल आमा अनाथाश्रममा रहेका १४ बालिका र १३ बालक गरि जम्मा २७ जना सहयोगापेक्षी बालबालिकालाई मिशनले एक कार्यक्रमको आयोजना गरेर झोला हस्तान्तरण गरेका थिए ।
जन्म दिनको अबसरमा सहयोगापेक्षी बालबालिकालाई झोला हस्तान्तरण गर्ने मिशन बस्नेत कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका छोरा हुन् ।
राजनीति भनेको समाजिक कार्य र समाज सेवा भएको बताउदै कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफुले बिगतमा गरेको सामाजिक तथा समाज सेवाका कामले गाउँपालिकाको अध्यक्ष हुन सफल भएको बताए । छोरालाई पनि भविश्यमा सामाजिक कार्य र समाज सेवामै लगाउने बताउदै अध्यक्ष बस्नेतले छोराको जन्मदिनमा छोराकै हातबाट झोला हस्तान्तरण गराएको जानकारी दिए ।










