छेडागाडले महिलामैत्री स्वास्थ्य सेवा प्रदान , अर्थभाव भएकालाई वरदान

जाजरकोट ः सधै चुलो चौको र घरयासी काममा व्यस्त हुँने महिलाहरुका लागि छेडागाड नगरवालिकाले घरदैलोमा स्वास्थ्य शिविर सञ्चालन आमनागरिकको मन जितेको छ ।
नगरपालिका भित्रका महिलाहरुका लागि विशेष स्वास्थ्य सेवा प्रदान गदै आएको स्थानीयले सरकारले अर्थअभावका कारण समस्यमा परेका परिवारलाई भगवान बनेर आएको भगवती बुढाले बताउनुभयो । सामाजिक परम्पराको नाममा होस ए , आर्थिक अभावका कारण लोक पालेर वसेका स्थानीय महिलाहरुले नगरपालिकाले गरेको सो स्वास्थ्य शिविरबाट भारी सेवा पाएको बताएका छन् ।
दुई दिन सम्म चलेका उक्त शिविरमा आर्थिक अवस्था कम्जोर भएका महिलाहरुको अधिकांश सहभागीता रहेको पाईएको छ । उक्त शिविरमा १ सय २४ जना महि ाहरुको पाठेघर जाँच गरेको थिए । जाँच गराएका मध्यबाट २८ जना महिलाको पाठेघरको क्यान्सर जाँच गरिएको छेडागाड नगरपालिकाका सूचना अधिकारी देबबहादुर बुढाले जानकारी दिनुभयो ।
रोगबाट बढी समस्यमा परेका तीन जना महिलालाई बाहिर उपचारका लागि सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । शिविरमा कोहलपुर मेडिकल कलेज का स्त्रीरोग विशेषज्ञ डा राम विश्वास राय सहितको टोलीले जाँच तथा उपचार गरेको थियो ।










