चिसोका कारण विद्यालयमा , सरकारी कार्यालयको काम ठप्प

जाजरकोट ,  निरन्तर तीन दिन देखि परेको अविरल वर्षाका कारण जाजरकोट र रुकुम पश्चिमका विद्यालय तथा सरकारी कार्यालयको काम प्रभावित भएको छ ।
चिसो यामयामसँगै परेको वर्षा र हिमपातका कारण जनजीवन प्रभावित भएको हो । सरकारी कार्यालयको सेवा समेत चिसोका कारण प्रभावकारी रुपमा दिन नसकिएको स्थानीय सरकारका प्रमुखहरुले बताएका छन् । यहाँका सात स्थानीय तह र रुकुम पश्चिमका सवै स्थानीय तहको काम चिसोका कारण प्रभावकारी वन्न सकेके छैन् ।
जिल्लाका सय भन्दा बढी समुदायिक विद्यालय , एक दर्जन निजि विद्यालय ,सदरमुकाममा रहेका दर्जन कार्यालयमा समेत चिसोका कारण सेवा प्रभावमा समस्य भएको हो ।
यातायाताका साधन ठप्प
जाजरकोट – डोल्पा सडक खण्ड भित्र सञ्चालनमा रहेका सवै यातायातका साधनहरु अविरल पानीका कारण अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यस्तै सातै वटा स्थानीय तहमा जाने र आउने यातायातका साधनहरु समेत प्रभावित भएका प्रमुख अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । जाजरकोट देखि नेपालगन्ज तथा सुर्खेत जाने यातायातका साधनहरु भने निर्वाद रुपमा चलेको उहाँले जानकारी दिनुभयो ।
दाउराको माग उच्च
भारी हिमपात र चिसोका कारण ग्रामीण क्षेत्रतथा सदरमुकाममा दाउराको खपत उच्च रहेको छ । दैनिक भारी , भारी दाउराहरु ख्पत भएको नलगाड नगरपालिका –८ स्थित पंञ्च भयार माविका शिक्षक बीरबहादुर खत्रीले जानकारी दिनुभयो । गाउँमा चिसोका कारण पशुचौपायहरु जंंगलमा लिन नसकेको उहाँले जानकारी दिनुभयो । चिसोका कारण वृद्ध , बालबालिका लाई बढी प्रभावित भएको स्थानीयवासीले बताएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!